मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपासहित ५ दलसँग एमालेको तालमेल, सिट संख्या टुंगो लगाउन बोलायो सचिवालय

राप्रपासहित ५ दलसँग एमालेको तालमेल, सिट संख्या टुंगो लगाउन बोलायो सचिवालय

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालले विभिन्‍न साना पाँच दलसँग तालमेल गर्ने भएको छ।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालले विभिन्‍न साना पाँच दलसँग तालमेल गर्ने भएको छ।

एमालेसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), राष्ट्रिय जनमत पार्टीलगायतले चुनावी तालमेलको प्रस्ताव गरेका छन्।

ती दलहरुलाई आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कति सिट दिने भन्‍ने विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएका हुन्। 

एमालले बिहीबार दिउँसो ३ बजे बस्‍ने गरी सचिवालय बैठक बोलाएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए। उनका अनुसार एमालेले उक्त बैठकबाट विभिन्‍न दलहरूसँग तालमेलको क्रममा कुन दललाई कति सिट छाड्ने बारे पनि टुंगो लगाउने बताइएको छ। 

त्यसबाहेक, निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीका विषयमा आएको गुनासोको विषयमा पनि सचिवालय बैठकमा छलफल हुने एमालेका नेताहरूले बताएका छन्। 

यससँगै नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा माधव नेपालसँग मिलेर मोर्चाबन्दी गरेका १० नेताहरुको टिकटको विषयमा पनि छलफल हुने बताइएको छ। 

प्रकाशित: Sep 28, 2022| 18:57 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...