मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले समानुपातिकतर्फको सूची नसच्याए संघर्षमा उत्रने चेतावनी दिएका छन्। बिहीबारसम्म समानुपातिक सूची सच्याउन सभापति शेरबहादुर देउवा तयार नभए आफूहरु पनि संघर्षमा उत्रनुको चेतावनी नभएको उनीहरुको भनाइ थियो।

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्। 

बुधबार दिउँसो मात्रै कोइराला सानेपास्थित केन्द्रीय कार्यालयको धर्ना सकेलगत्तै भएको छलफलमा नेता कोइरालाले सभापति देउवाले समानुपातिक तर्फको सूची सच्याउन तयार रहेको मौखिक रुपमा भनेको बताएका थिए। कोइरालासँगको छलफलपछि संघर्ष नेतृत्व गरिरहेको नेता गुरुराज घिमिरेले सभापति देउवा समानुपातिकको सूची प्राविधिक रुपमा मात्र नभएर राजनीतिक रुपमा पनि सच्याउन तयार रहेको जानकारी नेताहरूले दिएको बताए।

'नेताहरुले सूचीलाई प्राविधिक रुपमा मात्र नभएर राजनीतिक रुपमा सच्याउन सभापति देउवा तयार रहेको बताएका थिए। समानुपातिको सूची सच्याउने समयसम्म धैर्य गर्न आग्रह गर्दै सूची नसचिए आफूहरुले नै संघर्षको नेतृत्व गर्ने बताउनुभयो,’ उनले भने। 

नेता कोइराला र महामन्त्री थापाले संघर्षमा उत्रिएका नेताहरू गुरुराज घिमिरे, जगदिश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाही मनोजमणी आचार्य लगायत नेताहरूसँग छलफल गरेका थिए।

मनोजमणी आचार्यले कांग्रेसमा समानुपातिक सूचीका कारण देखिएको विवादबारे पार्टीभित्र मात्र नभएर सत्तारुढ ५ दलीय गठबन्धनमा पनि छलफल भएको कोइरालाले जानकारी गराएका थिए। उम्मेदवार चयन र गठबन्धनमा सिट बाँडफाँटबारे छलफल चलिरहँदा नेता कोइराला भने विराटनगर गएर बसेका थिए। कोइराला विराटनगर बस पनि काठमाडौंमा दोस्रो तहका नेताहरूले आन्दोलन चर्काएका थिए। कोइराला विराटनगरबाट मंगलबार मात्र फर्केका हुन्।

प्रकाशित: Sep 28, 2022| 18:31 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...