बिहीबार, असार ४, २०८३

आफूनिकट संघर्षरत नेताहरुसँग छलफलमा शेखर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल गरेका छन्।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल गरेका छन्। 

National life

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा कोइरालाले आगामी निर्वाचनका लागि उम्मेदवार चयनमा असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्र समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल गरेका हुन्। 

बुधबार दिउँसोमात्रै कोइराला सानेपास्थित केन्द्रीय कार्यालयको धर्ना सकेलगत्तै नेताकार्यकर्ता बोलाएर छलफल गरिरहेका छन्। छलफलमा महामन्त्री गगन थापालगायत नेताहरू भने छैनन्। नेता कोइरालाले संघर्षमा उत्रिएका नेताहरू गुरुराज घिमिरे, जगदिश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाही, मनोजमणि आचार्य लगायत नेताहरूसँग छलफल गरेका हुन्।

पार्टीमा उम्मेदवार चयन र गठबन्धनमा सिट बाँडफाँटबारे छलफल चलिरहँदा नेता कोइराला भने विराटनगर गएर बसेका थिए। कोइराला विराटनगर बसे पनि काठमाडौंमा दोस्रो तहका नेताहरूले आन्दोलन चर्काएका थिए। कोइराला विराटनगरबाट मंगलबारमात्र फर्केका हुन्।

प्रकाशित: Sep 28, 2022| 17:20 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...