बिहीबार, वैशाख ३१, २०८३

फेरिएको दसैं

मुखियाको आगानी। गाउँ भरिका मान्छे। पञ्चमाला भरिको अक्षता र जमरा। नवराता भरी घन्किने पञ्चेबाजाका धुन।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

काठमाडौं– मुखियाको आगानी। गाउँ भरिका मान्छे। पञ्चमाला भरिको अक्षता र जमरा। नवराता भरी घन्किने पञ्चेबाजाका धुन।

National life

बस, घैलाबौनिया कैलाली निवासी ८० वर्षीय देवराज विनाडीको मानसपटलमा दसैं आउने वित्तिकै पुराना दिनको सम्झना आउँछ। नवराताका नौ दिनसम्म देउडा खेलेको सम्झना आउँछ उनलाई।

अझ त्योभन्दा पुरानो बाल्यकालमा फर्किने हो भने गाउँको सल्लेरी डाडामा बाबियो काट्दै पिङहालेर चचहुई सरसररर... गरेको याद। उमेर बुढेउली भयो। तर, विनाडिका सम्झना बुढेउली भएका छैनन्।

बाजे पहिलेको दसैं कस्तो हुन्थ्यो?

चाउरिएको निधारमा हसिला धर्सा तेस्याउँदै विनाडिले भने– नाति कुरै नगरौं। कति रमाइलो हुन्थ्यो, हुन्थ्यो। उहिलेको पो दसैं। अहिले दसैं दसैं जस्तै लाग्दैन।

उनी दसैंमा उमंग नै बेग्लै हुने बताउँछन्। ‘सबै मुखियाको घरमा जम्मा हुन्थे। हाम्रो परिवार नै मुखिया हो। गाउँलेहरूको आगमनले हाम्रो आगनी ढपक्कै ढाकिन्थ्यो’, उनले भने, ‘ठूलाले सानालाई पालैपालो जमरा र टीका लगाउँथे। अनी एक आना दुई आना गरेर गक्ष अनुसार मुखियाले दक्षिणा र आषिस दिन्थे।’

उनी त्यो बेला एक आना पैसाको पनि निकै महत्त्व हुने बताउँछन्। ‘एक आनाले १२ वटा सलाई आउथे नाति। उहिले समय अलग्गै थियो। अहिले पो समय फेरियो’, उनले भने।

सुदूरपश्चिमका पहाडि जिल्ला र पहाडि समुदायको बसोबास भएको स्थानमा चतुर्दसिसम्म दसैं मान्ने चलन छ। चतुर्दसिमा रागो काटेपछि दसैं सकिन्छ।

उनको पुर्खेउली घर डोटीको जोराघाट हो। उनले जीवनका करिब ५०र६० वसन्त डोटीमै बिताएका छन्। विनाडीका थुप्रै दौतरीको स्वर्गवास भइसकेको छ। तर, ती दौतरिहरूसँग बिताएका एकरएक पल उनको दिमागमा घुमिरहेका हुन्छन्।

सुदूरपश्चिमका पहाडि जिल्ला र पहाडि समुदायको बसोबास भएको स्थानमा चतुर्दसिसम्म दसैं मान्ने चलन छ। चतुर्दसिमा रागो काटेपछि दसैं सकिन्छ।

चतुर्दसिको अघिल्लो दिनबाट नै गाउँमा राँगोलाई दौडाउने। रातभर देउडा खेल्दै रमाइलो गर्ने र चतुर्दसिको दिन क्षेत्री वा ठकुरी समुदायका मानिसले राँगो काट्ने परम्परा रहेको उनी सुनाउँछन्।

उनी अहिले दसैंमा मेला र जात्रा नै नहुने बताउँछन्। ‘अहिले त मेला र जात्रा नै लाग्दैन। खाली पसल मात्रै हुन्छन्। देउडा खेल नै लाग्न छोडिसके। पुराना धेरै देउडिया मरिसके। नयाँ पुस्ता देउडासँग रमाउनै चाहदैन’, उनले भने।

अहिले देउडा खेल भए पनि पुरा शैलीका गीत नै नहुने उनी बताउँछन्। बाजे पुराना गीत याद छन्।

लजाउँदै उनले हास्दै भने, ‘हा...हा...हा... अँ किन याद नहुनु।’

ल बाजे एक टुक्का सुनाउन पर्‍यो।

केटो – काकडिका छियामिया तोरङ्गलका बिया

      तेरी जोई गोल्काखी आइछि गोल्का टिपि दिया

केटी – दुई जना विचल्लै गइछ्या मैरलै जान्दिया

       तेरो पोइ आम खान आइछ्यो मैर नै खान्दिया

उनी पुराना गीत यस्तै मिठा मिठा सवालजवाफमा हुने बताउँछन्। देउडा खेल्दै रात विताएको सम्झना छ उनीसँग।

कतिले त देउडा खेलेरै घरवार बिसाउने गरेको उनी बताउँछन्। देउडा भनेपछि दसैंमा जात्रा लाग्ने ठाउँमा दश गाउँका मानिसहरु भेला हुने उनले सुनाए।

पहिले एक गाउँ मात्र नभएर दश गाउँकै बिचमा सौहाद्रतापूर्ण वातावरण हुने विनाडि बताउँछन्। ‘लगभग दश गाउँसम्मकै मानिसले एक अर्कालाई चिनिरहेका हुन्थे,’ उनले भने।

उनले नाम चलेका देउडियालाई निकै टाढासम्म नै बोलाउने चलन रहेको बताए। 

अहिले त दसैंको नामा थुप्रै विकृति आएको उनी बताउँछन्। लाहुर गएको छोरोले गाउँने नमुछे आमा दहिमा टिका नछरे जमरा... जस्ता पुराना गीत सम्झिँदै उनी भन्छन्, ‘अहिले त अर्थ त पर्थका दसैंनै होकी यो मेरो दशा जस्ता गीत सुनिन्छन्। जो सुन्दै पट्यार लाग्दा हुन्छन्।

उनी संस्कृति गहना भएकाले त्यसलाई त्यही रुपमा सुन्दर र सौहाद्रताका साथ मनाउनु पर्ने बताउँछन्। र, भन्छन्– युवा पुस्ताले पनि संस्कृतिमा विकृति नल्याओस्। पुन संस्कृतिको मर्म जे हो त्यही रुपमा मनाओस्। संस्कृतिको मौलिकता नमासिओस्।’

युवा पुस्ता डिस्को र नाच्ने गीतमा रमाउन थालेको छ। बनबेहडाका मदन जोशी अहिलेको पुस्ता ¥यापमा बढी झुम्ने गरेको बताउँछन्। आफूलाई मन नपर्ने भए पनि साथिहरूको समूहमा नै पर्ने डरले साथिहरूले मन पराएकै गीतमा रम्न पर्ने अवस्था रहेको उनी बताउँछन्।

प्रकाशित: Oct 04, 2022| 07:40 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।