शनिबार, मंसिर २३, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा आचार संहिता लागू भएपछि निवर्तमान सांसदलाई सम्मान, एमालेले बहिष्कार गर्ने

लुम्बिनीमा आचार संहिता लागू भएपछि निवर्तमान सांसदलाई सम्मान, एमालेले बहिष्कार गर्ने

स्थायी राजधानीमा रातारात सामान ओसारेर आलोचित लुम्बिनी प्रदेशसभाले निर्वाचन आचार संहिता लागू भएपछि सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको छ।
 |  बुधबार, असोज १२, २०७९
averest bankaverest bank

विनोद परियार

विनोद परियार

बुधबार, असोज १२, २०७९

बुटवल- स्थायी राजधानीमा रातारात सामान ओसारेर आलोचित लुम्बिनी प्रदेशसभाले निर्वाचन आचार संहिता लागू भएपछि सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बुधबार (आज) देखि निर्वाचन आचार संहिता लागू भएको छ। तर, निर्वाचन आचार संहिता लागू हुने जानकारी पाएरै पनि स्थायी राजधानीमा निवर्तमान प्रदेशसभाका सदस्यका लागि प्रदेशसभाले सम्मान र शुभकामना आदानप्रदान कार्यक्रम राखेको हो।

sagarmatha cement

निर्वाचन आचार संहिता जारी हुने सूचना आएलगत्तै निवर्तमान सांसदलाई प्रदेशसभा सचिव दुर्लभ पुन मगरले सूचना जारी गरेका हुन्। सूचना अनुसार प्रथम प्रदेशसभाको कार्यकाल सम्पन्न हुन गइरहेकाले असोज १४ गते दिउँसो १ बजे नयाँ प्रदेशसभा भवन मौरीघाट देउखुरीमा सम्मान र शुभकामना कार्यक्रम राखिएको छ। 

जबकि निर्वाचन आचार संहितामा सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन भन्ने उल्लेख गरिएको छ। यस्तै, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै चुनावी प्रचार गर्न पाउने छन्। 

संविधानमा प्रस्ट नभए पनि समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा पेस भएपछि प्रदेशसभा सदस्यहरूको कार्यकाल सकिएको व्याख्या हुने गरेको छ। तर, लुम्बिनी प्रदेशसभाको अन्तिम कार्यक्रम गरेर भए पनि मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा राजधानीको संरचना स्थायीमा ल्याएको जस लिन निवर्तमान सांसदलाई सम्मान कार्यक्रम राखेको विपक्षीको आरोप छ।

‘प्रदेशसभाले आयोजना गरेको कार्यक्रममा एमाले सहभागी हुँदैन,’ नेकपा एमाले लुम्बिनी प्रदेशसभाका निवर्तमान प्रमुख सचेतक भूमेश्वर ढकालले भने, ‘हामीसँग छलफल पनि भएको छैन। यो सरासर गलत छ।’ उनले सूचनामै प्रदेशसभाको कार्यकाल सकिन गइरहेको भनेर उल्लेख गरेकोमा आपत्ति जनाए। 

Metro Mart
worldlink

प्रदेशसभाले सम्मान भनेर राखेको कार्यक्रममा एमालेबाट प्रतिनिधित्व गर्ने कोही पनि सहभागी नहुने बताए। ‘प्रक्रियागत हिसाबले प्रदेशसभा सदस्यहरूको कार्यकाल सकिएको छ, अन्तिममा कार्यक्रम गर्नु औचित्य छैन,’ उनले भने। प्रमुख प्रतिपक्ष दलसँग सल्लाह नै नगरी कार्यक्रम राखिएको भन्दै प्रदेशसभाको कार्यक्रम गलत भएको बताए।

प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले प्रदेशसभाको आन्तरिक कार्यक्रम भएकाले आचारसंहिता लागू नहुने दाबी गरे। उनले निवर्तमान प्रदेशसभा सदस्यको सम्मानका लागि स्थायी राजधानीमा कार्यक्रम गर्न लागिको बताए।

यसअघि मौरीघाटस्थित प्रदेशसभा भवन निर्माण नसकिँदै सामान ओसार्न प्रदेशसभाले सुरु गरेको थियो। गठबन्धन दलमै संरचना नबन्दै सामान ओसारेर अलपत्र हुने भन्दै विरोध गरेपछि रोकिएको थियो। तर, निर्वाचनलाई मध्यनजर गरी मुख्यमन्त्री केसी र सभामुख पूर्ण बहादुर घर्तीको निर्देशनमा रातारात प्रदेशसभाबाट सामान ओसार्न थालिएको हो। 

प्रदेशसभामा बिजुली जडान हुन समय लाग्ने भएपछि बुटवलबाट जेनेरेटर लगिएको छ। नयाँ प्रदेशसभा भवन अझै पनि पूरा भइसकेको छैन।

असोज मसान्तसम्मको समय निर्माण कम्पनीलाई दिइएको छ। प्रदेशसभा सचिव पुनले निर्माण १३ गते साँझसम्म सकिने दाबी गरे।

राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सभा लागि ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा ‘मेटल स्टक्चर’ को भवन निर्माणाधीन छ। भवन निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण २०७८ वैशाख २४ ठेक्का सम्झौता गरेको थियो।

प्रकाशित: Sep 28, 2022| 09:02 बुधबार, असोज १२, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्