बुधबार, फागुन २०, २०८२

दक्षिण कोरियामा ३९ हजारभन्दा बढी संक्रमित

सरकारी अधिकारीहरुले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार चार सय २५ जना सङ्क्रमित भएका हुन्।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

सियोल- दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३९ हजार भन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार चार सय २५  जना सङ्क्रमित भएका हुन्। योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ४६ लाख  ७३ हजार छ सय ६३ पुगेको स्वास्थ्य अधिकारीहरुको भनाई छ। 

दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक दिनअघिको तुलनामा बढेको देखिएको छ। अघिल्लो दिन १४ हजार एक सय ६८ जना सङ्क्रमित भएका थिए। अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या ३० हजार तीन सय तीन रहेको थियो।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये चार सय एक जना गम्भीर अवस्थामा रहेका छन्। यो सङ्ख्या भने अघिल्लो दिनको भन्दा २६ जनाले कम भएको छ। दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा २६ जनाको मृत्यु भएको छ। योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको सङ्ख्या २८ हजा दई सय ७२ पुगेको छ। 

विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ। महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्ण रुपमा नियन्त्रण गर्न असफल भएको छ।   

प्रकाशित: Sep 28, 2022| 05:15 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।