शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज दसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

आज दसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडा दसैंको तेस्रो दिन आज भगवती चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै छ। चन्द्रघण्टा देवीको आराधनाका लागि बिहानैदेखि देशभरका भगवतीका मन्दिर र शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- बडा दसैंको तेस्रो दिन आज भगवती चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै छ। चन्द्रघण्टा देवीको आराधनाका लागि बिहानैदेखि देशभरका भगवतीका मन्दिर र शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ।

National life

मंगलबार काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभाभगवती, नक्साल भगवती, भद्रकालीलगायतका देवीका शक्तिपीठ तथा धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, सप्तरीको छिन्नमस्ता, गोरखाको मनकामना, पोखराको विन्ध्यावासिनी मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ।

नवरात्रको तेस्रो दिन महामायाको तेस्रो स्वरुप भगवती चन्द्रघण्टा देवीको संकल्पबद्ध भएर आराधना गर्ने गरिन्छ। अर्धचन्द्र भएकी माता चन्द्रघण्टाको स्मरणद्वारा सांसारिक सुखभोगको इच्छा पूर्ण भई जीवनबाट मुक्ति मिल्ने विश्वास छ।

१० भुजाले युक्त सिंहवाहिनी चन्द्रघण्टा देवी पीत वर्णले आभासित हुनुहुन्छ। यिनको स्मरणले इच्छा र आशाको द्वन्द्वबाट छुटकारा मिल्छ। 

उपासकमा शान्तभावको पालना गरी निरन्तर पूजन, ध्यान र चिन्तन गर्नु आवश्यक छ। नवरात्रको यस दिनमा करुणामूर्ति देवीको आराधना गर्ने प्रचलन अत्यन्त सारगर्भित छ। योग विज्ञानका अनुसार यस दिनमा साधकको ध्यान मणिपुर चक्रमा केन्द्रित हुन्छ।

नवरात्रका ९ दिनमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ।

प्रकाशित: Sep 28, 2022| 05:45 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।