बिहीबार, असार ४, २०८३

नेपाल आउँदै अमेरिकी मन्त्री ट्रुडो

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारको तर्फबाट विश्वव्यापी सार्वजनिक मामिला हेर्दै आएकी ट्रुडो २८ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्मको भ्रमणमा निस्किएकी छन्।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९
National life
Shivam cement

काठमाडौं- अमेरिकी कार्यवहाक अमेरिकी सहायक विदेश मन्त्री एलिजावेथ केनेडी ट्रुडो बुधबार नेपाल आउने भएकी छन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारको तर्फबाट विश्वव्यापी सार्वजनिक मामिला हेर्दै आएकी ट्रुडो २८ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्मको भ्रमणमा निस्किएकी छन्। 

जस अन्तर्गत बुधबार नेपाल आइपुग्‍नेछन्। नेपालमा रहँदा मन्त्री ट्रुडोले सरकारी अधिकारी, नागरिक समाज, विदेशी मिडिया आउटलेटहरू, प्रेस, पत्रकार र कूटनीतिज्ञसँग भेट गर्नेछन्। उनले अल्पसंख्यक समुदायका अगुवा, अमेरिका गएर फर्किएका 'आल्मोनाई'हरुसँग समेत अन्तरक्रिया गर्ने बताइएको छ।

ट्रुडोले काठमाडौंमा रहँदा मिथ्या समाचार र सञ्चारमाध्यमको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा समेत सहभागी हुने बताइएको छ। उनले नेपालसँगै उज्बेकिस्तान, संयुक्त अरब इमिरेट्स र काजकिस्तानको समेत भ्रमण गर्नेछन्। उनी १२ दिनको भ्रमणमा निस्किएकी हुन्। 

प्रकाशित: Sep 27, 2022| 20:49 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...