आइतबार, मंसिर १७, २०८०

मर्चवार बदल्ने उम्मेदवारको खोजी

भनिन्छ, मर्चवारमा जसले पैसाको बिटो फाल्छ, उसैले चुनाव जित्छ।’ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसँगै मर्चवारमा यस्तै चुनावी चर्चा बढ्न थालेको छ।
 |  बुधबार, असोज १२, २०७९
averest bankaverest bank

विनोद परियार

विनोद परियार

बुधबार, असोज १२, २०७९

बुटवल– विकासमा पछाडि परेको क्षेत्र हो, रुपन्देहीको मर्चवार। भारतीय सीमासँग जोडिएको मर्चवार सुगम जिल्लाको दुर्गम भेगका रुपमा परिचित छ। कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाको क्षेत्र नै मर्चवार हो। यो त्यही ठाउँ हो, जहाँ हरेक निर्वाचनमा मतदाताले मत फेर्छन् र मतको सदुपयोग नभएकोमा सधैं पछुतो पनि मान्छन्। गरिबी, अशिक्षा र बेरोजगारी समस्यामा रहेका नागरिकसँग खेल्नु नेताहरुको पुरानै बानी हो। भनिन्छ, मर्चवारमा जसले पैसाको बिटो फाल्छ, उसैले चुनाव जित्छ।’ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसँगै मर्चवारमा यस्तै चुनावी चर्चा बढ्न थालेको छ। 

sagarmatha cement

कोटहीमाई गाउँपालिका कार्यालय नजिकै चिया पसलमा आजभोलि चियाको चुस्कीसँगै उम्मेदवारको चर्चा हुन थालेको छ। ‘आजभोलि यहाँ दैनिक नेताहरुकै बारेमा चर्चा हुन्छ,’ चिया पसलका सञ्चालक ३० वर्षिय अखिलेश मौर्यले भने। चिया पकाउँदै चुनावी गफ सुनिरहेका मौर्यले नेताहरुले निरन्तर ढाँट्दै आएकोमा आक्रोश पोखे। ‘मजस्ता युवा बेरोजगार भएर बस्नुपरेको छ, अहिले त यो सानो चिया पसल सञ्चालन गरेको छु। यो पनि चल्छ भन्ने ग्यारेन्टी छैन,’ मौर्यले गुनासो पोख्दै भने, ‘यसपालि गतिलो उम्मेदवार नभए त भोट दिन्न।’ 

कक्षा १० पढ्दापढ्दै आर्थिक अभावका कारण पढाइ छाडेका मौर्य आफ्नो सन्तानलाई पूरा शिक्षा दिन चाहन्छन्। २ छोरा र एक छोरीका बुबा बनिसकेका मौर्यले आर्थिक अभावका कारण स्वदेशै केही गर्ने आँटका साथ गाउँपालिका आडैमा चिया तथा नास्ता पसल सञ्चालन गरेका हुन्। ‘हाम्रो दु:खका बारेमा नेतालाई ५ वर्षसम्म कुनै वास्ता हुँदैन। अहिले मेरै चिया पसलमा आएर त्यो नेता र यो नेता भन्दै छलफल गरेको सुन्छु,’ उनले भने, ‘हामीजस्ता गरिब जनतालाई हेर्ने नेता कोही भएनन्।’ उनले यसपालि बूढा र यसअघि जितिसकेका नेतालाई मत नदिने बताए। ‘मर्चवारको विकास गर्ने, किसान, मजदुरको समस्या बुझ्ने नेता हामीलाई चाहिएको छ,’ उनले भने। 

त्यसो त मौर्यकी श्रीमती अञ्जनीदेवी मौर्यले गाउँमै आत्मनिर्भर बन्न पतिलाई चिया तथा नास्ता पसलमा सघाएकी छन्। ‘चुनाव आएपछि मर्चवारको विकास गर्छु भनेर आउने नेताहरुको कमी हुँदैन,’ उनले भनिन्, ‘चुनाव जितेपछि मर्चवारमा फर्किंदैनन्।’ उनले आफूहरुलाई विकास गर्ने नेताको आवश्यकता भएको बताइन्। 

प्रकाशित: Sep 28, 2022| 07:49 बुधबार, असोज १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।