काठमाडौं- नेपालको प्रथम महिला प्रधानन्यायाधीश सुशिला कार्कीको आत्माकथा ‘न्याय’ छिट्टै बजारमा ल्याउन लागेको बुक हिलले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।
प्रकाशक बुक हिलले न्याय क्षेत्रमा संलग्न पहिलो महिलाको आत्माकथा रहेको बताएको छ । पुस्तकमा प्रधानन्यायधीश बाल्यकालदेखि प्रधानन्यायधीश हुँदासम्मको संघर्षपूर्ण यात्राको बयान गरिएको छ।
उहाँमाथि राजनीतिक दलहरूले लगाएको महाभियोग, त्यसभित्रका चलखेल र राजनीतिक दलहरूको निहित स्वार्थ, न्यापपालिका र कार्यपालिकाबीचको द्धन्द्ध, लोकमानसिंह प्रकरणमा न्यायपासिलकालाई प्रभावमा लिन गरिएका प्रयास, न्यायधीश नियुक्तिमा राजनीतिक दलहरूले गर्ने चलखेल लगायतका प्रसङग समेटिएका स्वयम् कार्कीले बताइन्।
पञ्चायतकालमै वकालत थालेर लोकतन्त्र स्थापनासँगै सर्वोच्च अदालतमा हुने तडकभडकको पनि समेटिएको छ । साथै पुस्तकमा राजनीतिक संक्रमणमा दलका नेताहरूले देखाएका पक्षधरता शक्ति केन्द्रहरूको चलखेल त्यसले न्यायलयमा पारेको प्रभाव पनि साक्षी इतिहास हुनेमा विश्वस्त पारेकी थिइन्।
उनका श्रीमान दुर्गा सुवेदीको आत्माकथा विमान विर्दोह अघिल्लो महिला सार्वजनिक भएको थियो। १६ रंगिन पृष्ठसहित कूल ३ सय ९२ पृष्ठको पुस्तक ‘न्याय’ भदौ अन्तिम साता सार्वजनिक गरिने प्रकाशक बुक हिलले प्रेस विज्ञप्तिमार्फत बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४