बिहीबार, असार ४, २०८३

हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेका छन्।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं– सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेका छन्। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की आफ्नो पदावधि सकिएर बिदा भएपछि कार्कीले यो जिम्मेवारी सम्हालेका हुन्। 

National life

प्रधानन्यायाधीशको अनुपस्थितिमा सबैभन्दा वरिष्ठ न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीशका रूपमा काम गर्ने प्रावधान छ।

संविधानको धारा १२९ मा प्रधानन्यायाधीशको पद रिक्त भएमा वा प्रधानन्यायाधीश कुनै कारणले आफ्नो काम गर्न असमर्थ भएमा वा बिदा बसेमा वा देश बाहिर गएको कारणले सर्वोच्च अदालतमा उपस्थित हुने अवस्था नभएमा सर्वोच्चका वरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीश भएर काम गर्ने व्यवस्था छ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध २०७८ फागुन १ मा संसद्‌मा महाभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका थिए। कार्कीले उमेर हदका कारण असोज १५ गते अवकाश पाउँदैछन्। अवकाश पाउनुअघि नै उनी बिदा बसिसकेका छन् भने सर्वोच्चले उनको बिदाइ पनि गरिसकेको छ।


प्रकाशित: Sep 27, 2022| 14:31 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...