मंगलबार, साउन १९, २०८३

सिट बाँडफाँट टुंग्याउन छलफलमा जुटे सत्तारुढ दलका शीर्ष नेता

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ। पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो।

गठबन्धनमा रहेका दलहरुबीच प्रत्यक्षतर्फ कुन दलले कति सिट र कहाँ पाउने भन्ने विषय अझै टुंगिएको छैन। निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्न १२ दिनमात्र बाँकी छ। दुवै तहका लागि २३ असोजमा उम्मेदवारी मनोनयनको मिति तोकिएको छ।  

गठबन्धनले भने १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन। अधिकांश स्थानमा सहमति भएको भनिए पनि यकिन तथ्यांक आउन सकेको छैन। शीर्ष नेताहरुले सिट बाँडफाँटका लागि कार्यदल गठन गरे पनि कार्यदलले आफ्नो काम नसकी प्रतिवेदन बुझाएको छ।

प्रकाशित: Sep 27, 2022| 14:24 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...