शनिबार, साउन १२, २०८१

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।
 |  मंगलबार, असोज ११, २०७९

विनय बाह्रकोटी

विनय बाह्रकोटी

मंगलबार, असोज ११, २०७९

इटहरी- मोरङ क्षेत्र नम्बर ३ नेकपा एमालेको प्रभावशाली क्षेत्र हो। नेकपा एमालेका भानुभक्त ढकाल यसअघि प्रतिनिधिसभामा विजयी भएका थिए। भारी मतान्तरले विजयी हुने अपेक्षा गरेको एमालेलाई निर्वाचन परिणामले केही सशंकित बनायो। 

triton college

४२ हजार ४ सय १३ मतसहित विजयी भएका ढकाललाई पछ्याउँदै कांग्रेसका सुनिल शर्माले ४० हजार ५ सय ६ मत पाएका थिए। १९ सय  ७ मतान्तरले मात्र पराजित शर्माले यस पटक चुनावी परिणाम आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका छन्। कांग्रेसभित्रको असन्तुष्ट पक्षसँगको नियमित सम्पर्क र संवादले उनी बलिया बन्दै गएका छन्। तथापि १४ औं महाधिवेशनमा उनीसँग असन्तुष्ट कांग्रेसीले उनलाई सहयोग असर पुर्याउने प्रस्ट छ। 

तथापि यसअघि माओवादी केन्द्रसहित वाम गठबन्धनमा रहेका ढकाललाई भने यस पटक चुनौती थपिएको छ। २०७० सालमा तत्कालीन मोरङ ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका चन्द्रबहादुर गुरुङले एमाले पार्टी परित्याग गरेका छन्। उनीसँगै केही प्रभावशाली नेताहरू नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन्, जसको असर ढकाललाई पर्ने निश्चित छ। 

त्यससँगै शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्। गाउँ घुमेर मतदाता रिझाउने काममा लागेकी छिन् उनी।  

मेडिकल कलेजको कनेक्सन 
शर्मा प्रदेश १ को प्रतिष्ठित नोबेल मेडिकल कलेजका सञ्चालक हुन्। संस्थापक सेयर सदस्य रहेका शर्मा अहिले एकल मालिक भएका छन्। काठमाडौं विश्वविद्यालयबाट अनुमति प्राप्त नोबेलसहित काठमाडौं मेडिकल कलेज पनि शर्माले नै चलाउँछन्। 

Metro Mart
vianet

शर्मा सहित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी, नवराज पाण्डे, आदित्य खनाल र उमेश पाण्डेले नाबेल अस्पताल सञ्चालनमा ल्याएका हुन्। माओवादी द्वन्द्वकालको अन्त्यतिर सञ्चालनमा आएको अस्पतालले थुप्रै माओवादी घाइतेको उपचार गर्यो। यसले पनि माओवादी नेताहरूसँग निकट हुने मौका पाए उनले। 

शान्ति प्रक्रियामा शर्माले तत्कालीन नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइरालासँग निकटता बढाए। शान्ति प्रक्रियाको क्रममा माओवादी नेतासँग उनको सम्बन्ध झनै प्रगाढ बन्दै गयो। त्यसमा पनि वर्षमान पुनसँग उनी निकट रहे। त्यसैको बलमा माओवादी रापतापको समयमा गिरीलगायत अन्य लगानीकर्ताको सेयर किनेर मेडिकल कलेज आफ्नो निजी स्वामित्वमा ल्याए। 

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

केहीपछि सञ्चालनमा आएको विराट मेडिकल कलेजमा सेयर हाल्न पुगे गिरी। नोबेलपछि विराट मेडिकल कलेजको सञ्चालक बनेका उनी पुराना कांग्रेसी समेत हुन्। कांग्रेस नै भए पनि शर्मासँगको टकराव र समयक्रमले उनी एमाले निकट हुन पुगे। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा शर्मा मोरङ ३ बाट उम्मेदवार बने। शर्मालाई बदला लिने सोचमा थिए गिरी। त्यही क्रममा उनी एमाले उम्मेदवार भानुभक्त ढकालसँग नजिकिए। गिरीले खुलेरै ढकाललाई सहयोग गरे। ढकालले पनि गिरीको गुन फर्काउने बहाना खोजिरहेका थिए।  

केपी ओली नेतृत्वको सरकारको पालामा कानुन न्याय तथा संसदीय मामिला मन्त्री भए ढकाल। केही समयपछि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री बने। त्यही क्रममा बिपी प्रतिष्ठानको उपकुलपति पद खाली थियो। तत्कालीन उपकुलपति राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगले पक्राउ गरेको थियो। गिरीको अनुरोधमा प्रतिष्ठानका सहकुलपति समेत रहेका ढकालले कुलपति तथा प्रधानमन्त्री ओलीलाई आग्रह गरे। ओलीले सकारात्मक संकेत दिएपछि गिरी उपकलुपति नियुक्त भए। प्रतिष्ठानको विधानविपरीत प्राध्यापक नभएका गिरी उपकुलपति भए।  

आगामी मंसिर ४ गते हुने निर्वाचनमा ढकालले पुनः गिरीको साथ खोजेका छन्। शर्माले उपचारको मार्फतबाट बनाएको माहोललाई ढकालले गिरीको मार्फतबाट चिर्ने कोसिस गरिरहेका छन्। गिरी पनि शर्मालाई कमजोर बनाउन पाए आफू प्रतिष्ठानमा कायम रहन सक्ने बुझाइमा छन्।

आ–आफ्नै दाबी 
नेकपा एकीकृत समाजवादीका युवा नेता मिलन बस्नेत ढकालले स्वास्थ्य मन्त्री हुँदा घोटाला गरेको विषय चुनावी मुद्दा बन्ने बताउँछन्। मोरङ जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका बस्नेत यस पटक ढकाल ५ हजारभन्दा बढी मतान्तरले पराजित हुने दाबी गर्छन्। ढकाल मन्त्री हुँदा धेरै बदनाम भएको हुनाले यस पटक गठबन्धनलाई सहज हुने उनको बुझाइ छ। 

नेपाली कांग्रेस क्षेत्रीय सभापति गणेश खड्का कांग्रेसका उम्मेदवार लोकप्रिय भएका कारण विजय निश्चित भएको बताउँछन्। ५ वर्षमा ८४ हजार बिरामीको निःशुल्क उपचार गरेको स्मरण गराउँदै उनले मोरङ ३ का मतदाता दलभन्दा माथि उठेर भोट हाल्न तयार रहेको बताए। सुनिल शर्माले धेरै गरिबका छोराछोरीलाई निःशुल्क पढाएको देखेर नोबेल मेडिकल कलेजबाट अधिकांश स्थानीयले सेवा पाएको उनको तर्क छ। अघिल्लो पटक पनि थोरै मतान्तरले पराजित भएका कारण यस पटक गठबन्धनको पनि सहयोग हुँदा विजय निश्चित भएको उनले बताए। 

एमाले क्षेत्रीय अध्यक्ष भोला अधिकारी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुँदा पनि खासै असर नपरेको बताउँछन्। अघिल्लो पटक कांग्रेस एक्लै भिडेको सुन्दरहरैचा नगरपालिका समेत यस पटक गठबन्धनसँग एमाले एक्लैले विजयी भएको कारण आफूहरू बलियो भएको उनले सुनाए। 

मोरङ–३ मा कानेपोखरी गाउँपालिकाका ४ वडा, पथरीशनिश्चरे र बेलबारी नगरपालिकाका ८–८ वडा र सुन्दरहरैचाका ६ वडा पर्छन्। त्यसमध्ये बेलावारीको उपमेयर बाहेक अन्य पालिकामा एमालेले मेयर, उपमेयर सहित अधिकांश वडा जितेको छ। यसले पनि एमाले बलियो शक्ति रहेको अधिकारीको तर्क छ। 

प्रकाशित: Sep 27, 2022| 12:31 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।