आइतबार, असोज ४, २०८३

निर्वाचन आयोगको प्रस्ताव : उम्मेदवारलाई चुनावी खर्च सीमा २५ देखि ३३ लाखसम्म

२०७४ को निर्वाचनमा प्रदेशसभातर्फ प्रतिउम्मेदवार १५ लाख र प्रतिनिधिसभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकेको आयोगले आउँदो चुनावमा त्यसमा हेरफेर गर्न लागेको हो।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवारले गर्ने खर्चको सीमा तोक्न मंगलबार विभिन्न राजनीतिक दलरूसँग छलफल गर्ने भएको छ। आयोगले १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ। आयोग प्रवक्ता शालिग्राम पौडेलले ११ बजे दलहरूसँग छलफल सुरु भएको बताए।

आयोगका अनुसार २०७४ को तुलनामा उम्मेदवारले गर्न पाउने खर्च बढाउने तयारी छ। २०७४ को निर्वाचनमा प्रदेशसभातर्फ प्रतिउम्मेदवार १५ लाख र प्रतिनिधिसभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकेको आयोगले आउँदो चुनावमा त्यसमा हेरफेर गर्न लागेको हो। त्यसका लागि आयोगले दलहरूलाई खर्च सीमाको प्रस्ताव अध्ययनका लागि पठाइसकेको छ। यस्तो खर्च जिल्लाअनुसार फरक–फरक हुनेछ। 

आयोगका प्रवक्ता पौडेलले खर्च सीमाबारे विभिन्न प्रस्तावमा छलफल भएको र तिनै प्रस्तावमाथि सुझाव लिएर निर्णय गरिने जानकारी दिए। ‘तथ्यपरक ढंगले उम्मेदवारले गर्न पाउने खर्चबारे निर्णय हुन्छ। त्यसमा जिल्ला र निर्वाचन क्षेत्रको भूगोलदेखि जनसंख्यासमेतलाई हेरिन्छ’, प्रवक्ता पौडेलले भने।

आयोगले तयार पारेको प्रस्तावमा १६५ निर्वाचन क्षेत्रलाई ५ वटा आधारमा विभाजन गरिएको छ। २५ लाखदेखि ३३ लाखसम्म एक उम्मेदवारले खर्च गर्न पाउने प्रस्ताव छ। आयोगले गरेको प्रस्ताव अनुसार ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाख, २३ वटाले २७ लाख, ६६ वटाले २९ लाख, ४४ वटाले ३१ र २७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने गरी प्रस्ताव गरिएको छ।

प्रकाशित: Sep 27, 2022| 11:14 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...