मंगलबार, साउन १२, २०८३

मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार

मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार गरिएको हो।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार गरिएको हो।

सोमबार दुई जना घाइतेलाई उद्धार गरेर काठमाडौं ल्याइएकोमा मंगलबार बिहान ९ जना घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए।

मनास्लुको तेस्रो बेस क्याम्पबाट चौथो बेशक्याम्पमा जाने क्रममा सोमबार दिउँसो हिउँ पहिरो खस्दा १२ जना घाइते भएका थिए।

घाइतेमध्ये एक जनाको मृत्यु भएको थियो। ज्यान गुमाउनेमा आरोहण सहयोगी अनुप राई रहेका छन्।

आज काठमाडौं ल्याइएका सात जना घाइतेको कपनस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ। एउटा शव हिम पहिरोस्थलबाट तल सामागाउँमा झार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

सोमबार मौसम खराब हुँदा उद्धार गर्न कठिनाइ भएको थियो।

प्रकाशित: Sep 27, 2022| 09:57 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।