बुधबार, साउन १३, २०८३

आयोगले प्रदेशतर्फ समानुपातिकको मतपत्र छपाइ सक्यो

निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ। दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको आयोगले जनाएको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ। दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको आयोगले जनाएको छ।

अब प्रतिनिधि सभातर्फ समानुपातिक मतपत्र छपाइ जारी राखिएको छ। जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ गरिएको हो।

आयोगले करिब चार करोड मतपत्र छपाइ गर्दैछ। अहिलेसम्म प्रतिनिधि सभातर्फ करिब ६० लाख ६५ हजार मतपत्र छपाइ गरिसकिएको छ।

असोज २५ गतेभित्र यो काम सक्ने गरी मतपत्र छपाइलाई जारी राखिएको आयोगले जनाएको छ। असोज २३ मा आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन गर्दैछ।

आयोगले समानुपातिकतर्फ असोज २ र ३ गते दलहरूलाई बन्दसूची बुझाउन समय दिँदा ४८ दलले बन्दसूची बुझाएका थिए। अहिले दललाई आवश्यक सं‌शोधन गर्न समय दिइएको छ। मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।

प्रकाशित: Sep 27, 2022| 08:17 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।