शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने

सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने

नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ। सरकारले ‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशका २०७१’ र सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने ) ऐन, २०७६ दुवै कानुनमा ९० प्रतिशत भागमा चेतनामूलक र सन्देशमुलक सामग्री राख्ने उल्लेख छ। 

National life

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०७६ को दफा ९ मा उत्पादकले सुर्तीजन्य पदार्थको बट्टा, र्‍यापर्स, प्याकेट तथा पार्सलको प्याकेनिङ र लेबलको बाहिर कूल भागमध्ये कम्तिमा ९० प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्नेजस्ता व्यहोराको मन्त्रालयले तोके बमोजिम चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रङ्गिन चित्र प्रस्ट रुपमा बुझ्ने र देख्नेगरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नुपर्ने उल्लेख छ।

निर्देशिकामा दफा ४ मा चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सको मुख्य माथिल्लो भागको अगाडि र पछाडि ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र राख्नुपर्ने अनिवार्य व्यवस्था रहेको थियो। 

चुरोटको बट्टा, प्याकेट र र्‍यापर्समा मुख्य भागमा ७० प्रतिशत चित्र र २० प्रतिशत चेतनामूलक सन्देश राख्ने निर्देशिकामा उल्लेख गरिएको थियो। तर उत्पादक कम्पनीले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ अनुसार नै बट्टामा ७५ प्रतिशत मात्र चेतनामूलक र घातक रङ्गिन चित्र राखी पछिल्लो निर्देशिका र ऐनअनुसार ९० प्रतिशत चेतनामूलक र घातक चित्र राखेका थिएनन्। सर्वोच्च अदालतले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने ) ऐन २०७६ र निर्देशिका २०७१ अनुसार ९० प्रतिशत चेतनामूलक र रङ्गिन चित्र कार्यन्वयनमा आउनुपर्ने आदेश दिए पनि अब अनिवार्य रुपमा कार्यन्वयनमा जानुपर्ने भएको छ।  

विसं २०७२ जेठ १ गतेदेखि निर्देशिका र ऐनअनुसार ९० प्रतिशत चेतनामूलक र रङ्गिन चित्र कार्यान्वयनमा आउनुपर्ने उत्पादकले कार्यान्वयन नगरेपछि बाध्य भएर सर्वोच्च अदालतलेमा रिट दायर गर्नुपरेको थियो। 

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ को दफा ९ मा कूल भागको ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने चेतनामूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रङ्गिन चित्र प्रस्ष्ट रुपमा बुझने र लेख्नेगरी नेपाली भाषामा छाप्नुपर्ने उल्लेख छ। 

सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत मात्र चेतनामूलक र घातक चित्र राखेर मानिसमा चुरोट सेवन गर्ने घटेको पाइएको थियो। एक्सन नेपालले गरेको एक अध्ययनले ५५ प्रतिशत चुरोट सेवन गर्नेमा कमी आएको बताइएको छ। 

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सको बाहिरी भागमा ९० प्रतिशत चेतनामूलक र घातक चित्र अङ्कित भए मानिसले चुरोट सेवनमा कमी आउने बताए।

'विभिन्न अध्ययन अनुसन्धानले पनि जति ठूलो चुरोटमा घातक चित्र भयो । त्यति नै मानिस डराएर सुर्तीजन्य पदार्थको सेवन गर्दैनन् भन्ने पुष्टि भएको छ', उनले भने, 'अब हामीले पनि सुर्तिजन्य पदार्थमा ९० प्रतिशत चेतनामूलक र घातक चित्र राख्ने वित्तिकै मानिसले सेवन गर्न छाड्ने छन्।'

उनले सर्वोच्च अदालतको पूर्ण आदेश आएपछि सुर्तिजन्य पदार्थको उत्पादक कम्पनीलाई पत्र लेखेर चुरोट, खैनी जस्तोको बट्टामा ९० प्रतिशत चेतनामूलक र घातक चित्र राख्ने निर्देशन दिने बताए।

नेपालमा सुर्तीजन्य सेवनबाट वार्षिक करिव २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ। जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो। विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ। जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ। सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ। 

चुरोट सेवन गर्नेमा बढी हृदयघात
चुरोट पिउने मानिसमा हृदयघात हुने सम्भावना बढी हुने गरेको गंगालाल हृदय राष्ट्रिय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी बताउँछन्। युवामा चुरोट सेवन गर्ने क्रम बढेको पाइन्छ। हृदयघात भएकामध्ये ६५ प्रतिशत चुरोट सेवन गर्नेहरू हुन्छन्। तीमध्ये ४० वर्ष उमेर समूहका व्यक्ति धेरै रहेको उनको भनाइ छ। उनका अनुसार ४० वर्षभन्दा कम उमेरको व्यक्तिले चुरोट सेवन गर्छ भने उसलाई हृदयघात हुने सम्भावना नखानेको तुलनामा आठ गुणाले बढी हुने गर्दछ। 

बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला पनि हृदयघात ६० वर्षमाथिकामा हुने गरे पनि चुरोट खाने व्यक्तिमा भने ४० वर्षमुनि पनि हुने गरेको बताउँछन्। 'चुरोट सेवन गर्नाले युवावस्थामा नै हृदयघात हुने सङ्ख्या अत्यधिक बढदै गएको छ', उनले भने।   -रासस

प्रकाशित: Sep 27, 2022| 07:10 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।