बुधबार, वैशाख ९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इरानी आणविक वैज्ञानिकको हत्यामा १४ जनाविरूद्ध अभियोग दायर

इरानी आणविक वैज्ञानिकको हत्यामा १४ जनाविरूद्ध अभियोग दायर

इरानले सन् २०२० को नोभेम्बरमा शीर्ष आणविक वैज्ञानिक मोहसिन फखरीजादेहको हत्यामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

तहरान- इरानले सन् २०२० को नोभेम्बरमा शीर्ष आणविक वैज्ञानिक मोहसिन फखरीजादेहको हत्यामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

National life

इरानको आणविक कार्यक्रममा आफ्नो भूमिकाका कारण अमेरिकी प्रतिबन्धको सामना गरिरहेका फखरीजादेहलाई तेहरानबाहिर उहाँको कारमा रहेका समय आक्रमण गरी हत्या गरिएको थियो। 

तेहरानका मुख्य अभियोजक अली सालेहीले १४ जनालाई अभियोग लगाइएको घोषणा गरे।

सालेहीले भने, 'उनीहरूमाथि स्वदेशी माटोविरूद्ध भ्रष्टाचार, यहूदी शासनका लागि जासूसीमा सहयोग पर्‍याएको, राष्ट्रिय सुरक्षामा खलल पुर्‍याउने उद्देश्यले मिलेमतो गरेको र ‘राष्ट्रिय सुरक्षाविरुद्धको कारबाही’ समावेश छ।

इरानले फखरीजादेहको रिमोट कन्ट्रोल मेशिनगनबाट विस्फोटक पदार्थ र गोली हानी हत्या गरिएको दाबी गरेको छ।  इजरायलले यस हत्याबारे कुनै टिप्पणी गरेको छैन। सन् २०१८ मा इजरायलका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहूले फखरीजादेहले इरानको आणविक बम बनाउने प्रयासको नेतृत्व गरेको आरोप लगाएका थिए। 

kumari

प्रकाशित: Sep 27, 2022| 04:50 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।