बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो, ३० भन्दा बढी अझै बेपत्ता

बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो, ३० भन्दा बढी अझै बेपत्ता

बंगलादेशको उत्तरी क्षेत्रमा आइतबार डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ। डुङ्गा दुर्घटनामा ३० देखि ४० जना अझै बेपत्ता रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

ढाका- बंगलादेशको उत्तरी क्षेत्रमा आइतबार डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ। डुङ्गा दुर्घटनामा ३० देखि ४० जना अझै बेपत्ता रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।

National life

प्रहरी निरिक्षक सिराजुल हुडाका अनुसार राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा बंगलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा सोमबार थप सात जनाको शव फेला परेको छ। 

अधिकारीका अनुसार करिब १०० जना यात्रु बोकेको डुङ्गा आइतबार दिउँसो डुबेको थियो। सोमबार दिउँसो सिन्ह्वासँग फोनमार्फत जानकारी दिँदै प्रहरी अधिकारीले भने, 'सोमबार बिहान थप सात जनाको शव फेला परेको छ। यससँगै आइतबार २५ जनाको मृत्यु भएकोमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ।'

'अझै हराइरहेका ३० देखि ४० जनाको खोजी कार्य जारी छ,' उनले भने, 'डुंगालाई तानेर किनारमा लगिएको छ।' ती प्रहरी अधिकारीका अनुसार उद्धारकर्ताहरूले नदीको पानीको बहाव र पानीको कडा बहाववीच उद्धार कार्य जारी राखिरहेका छन्। 

प्रहरीका अनुसार डुङ्गामा क्षमताचन्दा अत्यधिक भार भएका कारण डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

Shivam cement

सयौं नदीले घेरिएको बंगलादेशमा डुङ्गा दुर्घटनालाई सामान्य घटनाका रूपमा लिने गरिन्छ। यद्यपि, अझै पनि दक्षिण एशियाली यस मुलुकमा डुङ्गा यातायातको एक प्रमुख साधन हो र तिनीहरूमध्ये अधिकांश प्रायः अत्यधिक भारसहित चलाइने गरिन्छ। 

प्रकाशित: Sep 27, 2022| 00:15 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।