बुधबार, वैशाख ९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • सामूहिक चिहान रहेको आशंकामा युक्रेनी सेनाले अनुसन्धान गर्ने

सामूहिक चिहान रहेको आशंकामा युक्रेनी सेनाले अनुसन्धान गर्ने

युक्रेनी सेनाले सीमा नजिकै रहेको एक परित्यक्त पूर्व रूसी चौकीमा सयौं शवहरू राखिएको आशंका गरिएको एक शंकास्पद सामूहिक चिहानस्थलको अनुसन्धान गरिरहेको सैनिक र स्थानीय अधिकारीहरूले सोमबार बताएका छन्।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

किभ- युक्रेनी सेनाले सीमा नजिकै रहेको एक परित्यक्त पूर्व रूसी चौकीमा सयौं शवहरू राखिएको आशंका गरिएको एक शंकास्पद सामूहिक चिहानस्थलको अनुसन्धान गरिरहेको सैनिक र स्थानीय अधिकारीहरूले सोमबार बताएका छन्।

National life

यो स्थल अन्तर्राष्ट्रिय सीमाबाट लगभग दुई किलोमिटर टाढा कोजाचा लोपान बाहिर रहेको औद्योगिक कुखुरा फार्म हो। यसपहिले उक्त स्थललार्ई रूसी सेनाले आफ्नो ट्याङ्कलाई राख्न प्रयोग गर्नेगरेको बताइएको छ। 

अधिकारी र सैनिकले १०० वटासम्म शवको बारेमा बताए पनि यो सङ्ख्यालाई स्वतन्त्ररूपमा पुष्टि भने हुन सकेको छैन। यसै महिनाको सुरुमा युक्रेनी सेनाले उक्त क्षेत्रलाई पुनः कब्जामा लिएको थियो र उत्तरपूर्वी क्षेत्र खार्किभलाई कब्जाबाट मुक्त गर्नका लागि ब्यापक गोलाबारी गर्दै रूसी सेनालाई सीमा पारी धकेलेको थियो। 

तर शंकास्पद चिहान अझै पनि रूसी तोपखानाको दायराभित्र रहेको र प्लान्टको सुरक्षा गरिरहेका सैनिकहरूले एएफपीलाई बताएअनुसार खानी र नफुटेका विस्फोटक पदार्थ हटाउने क्रममा खानी खन्ने टोलीले उक्त क्षेत्रमा सफाइ गरिरहेको बताइएको छ।

फरेन्सिक टोलीले उक्त क्षेत्र सुरक्षित नभएसम्म अनुसन्धान गर्न सक्ने छैन। कोजाचा लोपान स्थानीय प्रशासनका प्रमुख ल्युडमिला भाकुलेन्कोका अनुसार युक्रेनी सेनाले पहिलो पटक अप्रिलमा उक्त क्षेत्र कब्जा गर्ने प्रयास गरेको थियो।

kumari

उनले भने, 'मलाई हाम्रो गाउँमा आएका सैनिकहरूले सैनिकहरूको चिहान देखेको बताएका थिए, तर उनीहरूले सङ्ख्याबारे एकीन जानकारी दिएका थिएनन्।' उनीहरुले विशेष इकाईले यसलाई हेर्ने बताएका छन्।

सेनाले हराएका युक्रेनी सैनिकलाई कुखुरा फार्ममा गाडेको आशंका गरेको र घटनास्थलमा रहेका सैनिकले उक्त चिहानमा दोहोरो झडपमा मारिएकारूसी सैनिक र स्थानीय युक्रेनी नागरिकलाई पनि दबाएको हुनसक्ने अनुमान गरेको बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार सीबीएस न्यूजलाई युक्रेनले ‘थप दुई सामूहिक चिहान र सयौं मानिस भएको ठूलो चिहान’ फेला पारेको बताएका थिए। यसै महिनाको सुरुमा युक्रेनले इज्युममा रहेको मुक्त शहरबाहिरको जङ्गलमा रहेको चिहानको छेउमा ४४७ जनाको शव फेला परेको दावी गरेको थियो। 

प्रकाशित: Sep 27, 2022| 05:25 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।