बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसी राष्ट्रपति पुटिनद्वारा विद्यालयमा भएको आतंकवादी हमलाको निन्दा

रुसी राष्ट्रपति पुटिनद्वारा विद्यालयमा भएको आतंकवादी हमलाको निन्दा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई 'अमानवीय' भन्दै कडारूपमा निन्दा गरेका छन्।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई 'अमानवीय' भन्दै कडारूपमा निन्दा गरेका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले सो घटनामा बालबालिकाको मृत्युप्रति गहिरो शोक व्यक्त गरेका छन्।

उक्त आतंकवादी हमला स्पष्ट रूपमा नव-फासिस्ट समूहसँग सम्बन्धित रहेको क्रेमलिनका प्रवक्ताले बताएका छन्। रुसको इजेभस्क सहरको एक विद्यालयमा अज्ञात आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ।

सो घटनमा १४ जना बालबालिका सहित २१ जना घाइते भएका छन्। प्रारम्भिक रिपोर्टहरू अनुसार छ जना वयस्क र सात साना केटाकेटीहरू सहित १३ जनाको सो आक्रमणमा ज्यान गएको छ। 

सञ्चार माध्यमहरूले जनाएअनुसार २५ वर्षीय युवकले इर्कुत्स्क क्षेत्रको उस्ट-इलिम्स्कमा रहेको सैन्य भर्ती कार्यालय नजिकबाट गोली चलाएका थिए।  घटनापश्चात् गोली प्रहार गर्ने युवकलाई तुरुन्तै पक्राउ गरिएको थियो।

अल जजीराका अनुसार रुसका विद्यालयमा गोलीप्रहारका घटना विरलै हुने गर्दछ।

kumari

प्रकाशित: Sep 26, 2022| 23:45 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।