शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गड्डाचौकीमा नाकामा तालिमप्राप्त कुकुसहितको सुरक्षा टोली तैनाथ

गड्डाचौकीमा नाकामा तालिमप्राप्त कुकुसहितको सुरक्षा टोली तैनाथ

दसैँका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले भारतसँग जोडिएको मुख्य सीमा नाकामा सुरक्षा टोली खटाउने तयारी गरेको छ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ। दसैँका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले भारतसँग जोडिएको मुख्य सीमा नाकामा सुरक्षा टोली खटाउने तयारी गरेको छ। 

National life

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिंह चौधरीले पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा चेकजाँचका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली खटिने बताए। 'सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर आउँदै छ,' उनले भने, 'भोलिदेखि नै नाकामा सुरक्षा टोलीसहितको तालिमप्राप्त कुकुर परिचालन गर्ने तयारीमा छौँ।'

उनले दसैँका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न  जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको बताए।

'गड्डाचौकी नाकादेखी खक्रौला नाकासम्मको ४२ किलोमिटर राजमार्गका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेका छौं,' उनले भने, 'यात्रुहरुको सहजताका लागि बस व्यवसायीहरूसँग समन्वय गरेर यातायात सेवामा सहजीकरण गरिराखेका छौँ।' यो समयमा घर फर्किने र अन्य कामका लागि आवतजावत गर्नेहरुको बाक्लो भीड हुने भएकाले प्रहरीको गस्ती बढाइएको छ।

विष्फोटक पदार्थ, लागूऔषध, हतियारजन्य वस्तुलगायत भित्रिन नपाओस भनेर सोमबारदेखि नाकामा कुकुरसमेत राखेर चेकजाँच सुरु गरिन लागेको हो। केही दिनयता गड्डाचौकी नाका भएर घर फर्किनेहरुको भीड लाग्न थालेको छ। दसैँ मनाउन घर फर्किरहेकाको भीड बढिरहेका बेला अन्य कुनै आपराधिक गतिविधि हुन नदिन भनेर प्रहरीले सीमा नाकासँगै अन्य क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा पारेको छ।

प्रहरीले राजमार्ग क्षेत्रमा चेकजाँच बढाएको छ भने बजार क्षेत्रमा समेत थप प्रहरी परिचालन गरेको छ। 'राजमार्गमा सुरक्षा चेकजाँच बढेको छ भने अन्य क्षेत्रमा समेत प्रहरी खटाइएको छ,' उनले भने, 'बजारमा भीडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।'

प्रकाशित: Sep 26, 2022| 22:00 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।