बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अढाइ महिनापछि सिन्जो आबेको अन्तिम संस्कार गरिँदै, भारतीय प्रधानमन्त्री सहभागी हुने

अढाइ महिनापछि सिन्जो आबेको अन्तिम संस्कार गरिँदै, भारतीय प्रधानमन्त्री सहभागी हुने

गत ८ जुलाईमा जापानको नारा सहरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा सिन्जो आबेमाथि बन्दुकधारीले आक्रमण गर्दा उनको निधन भएको थियो।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- साढे दुई महिनाअघि मृत्यु भएका जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्तिम संस्कार २७ सेप्टेम्बरमा गरिने भएको छ। गत ८ जुलाईमा जापानको नारा सहरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा सिन्जो आबेमाथि बन्दुकधारीले आक्रमण गर्दा उनको निधन भएको थियो।

उनको हत्याको अढाइ महिनापछि सेप्टेम्बर २७ मा जापानको राजधानी टोकयोको किटानोमरु नेसनल गार्डेनमा उनको अन्तिम संस्कार गरिँदैछ। जापान टाइम्सका अनुसार पूर्वप्रधानमन्त्री आबेको अन्तिम संस्कारमा २१७ मुलुक र विभिन्‍न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन्। 

जापानको इतिहासमा दोस्रो विश्‍वयुद्धपछि राजकीय सम्मानका साथ अन्तिम संस्कार हुने आबे दोस्रो पूर्वप्रधानमन्त्री हुन्। यसअघि सन् १९६७ मा सिगेरु योशिदाको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको थियो। 

आबेको अन्तिम संस्कारमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार साँझ जापान प्रस्थान गरेका छन्। भारतको विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्तिम यात्रामा सहभागी हुन मोदी जापान गएका हुन्।   

मोदीको जापान भ्रमणबारे जानकारी दिँदै विदेश सचिव विनय मोहन क्वात्राले जापान भ्रमणका क्रममा मोदीले जापानी प्रधानमन्त्रीसँग औपचारिक भेटवार्तासमेत गर्ने बताएका छन्। उनले दुवै पक्षसँग सम्बन्धित कयौं विषयमा नेताहरूबीच कुराकानी हुन सक्ने उल्लेख गरेका छन्।

kumari

उनले भारत र जापानबीचको सम्बन्ध लगातार बलियो बन्दै गएको र दुवै देशबीच कारोबार, लगानी, रक्षा र सुरक्षा क्षेत्रमा राम्रो सहकार्य रहेको उल्लेख गरेका छन्। जलवायु परिवर्तन, ऊर्जा, औद्योगिक विकास र मानव संशाधनको क्षेत्रमा दुवै देश नजिक रहेर सहकार्य गरिरहेको उनले बताए। दुई देशबीच सञ्चालनमा रहेका परियोजनाहरुको समीक्षासमेत हुने उनले उल्लेख गरे।

सिन्जो आबेकै कार्यकालमा अस्ट्रेलिया, भारत, जापान र अमेरिका सदस्य रहेको क्वाडको गठन गरिएको थियो।


प्रकाशित: Sep 26, 2022| 20:41 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।