मंगलबार, वैशाख २९, २०८३

डा पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

असोज १० गते एसोसिएसनले जारी गरेको विज्ञप्तिमा प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै डा पुनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिइएको छ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ प्रदान गरिने भएको छ। एनआरएनए ननरेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिफोर्निया, अमेरिकाले डा पुनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। 

National life

असोज १० गते एसोसिएसनले डा पुनलाई पठाएको पत्रमा प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिइएको छ। 

'तपाईंले गर्नुभएको योगदानको उच्च प्रसंशा गर्दै हाम्रो संस्था एनआरएनए नन रेसिडेन्ड नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले स्थापना गरेको यो वर्षको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार- २०२२ तपाईंलाई समर्पण गर्ने निर्णय गरेका छौँ,' एसोसिएसनले पठाएको पत्रमा उल्लेख छ। 

आफूलाई पुरस्कार प्रदान गर्ने निर्णयले सेवाको भावनाबाट विचलित नहुन थप प्रेरणा मिलेको डा पुनले प्रतिक्रिया दिएका छन्। 'यस्ता प्राप्त हुने प्रशंसापत्रहरुले म आफ्नो बाटोबाट (सेवाको भावनाबाट) विचलित नभएको र नहुन प्रेरणा दिने गरेको अनुभूति गरेको छु,' डा पुनले फेसबुकमा लेखेका छन्। 

पुस ७ गते नेपालमा विशेष समारोह आयोजना गरी डा पुनलाई उक्त पुरस्कार प्रदान गरिने एसोसिएसनले जानकारी दिएको छ। पुरस्कारको राशि ११ सय अमेरिकी डलरसहित ताम्रपत्र छ। 

प्रकाशित: Sep 26, 2022| 20:39 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्