शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मलेसियास्थित दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गर्ने राजदूत पौडेलको प्रतिबद्धता

मलेसियास्थित दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गर्ने राजदूत पौडेलको प्रतिबद्धता

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

क्‍वालालम्पुर- मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। 

National life

गैरआवासीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघसंस्थाहरुले आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४सैं घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए। 

विषम परिस्थितिमा जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उनले बताए। सो अवसरमा राजदूत पौडेलले मलेसियामा रहेका नेपाली संघ संस्थाहरुसँग समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने तथा दुतावास पुग्न नसक्ने स्थानमा नेपाली संघ संस्थाहरुलाई परिचालन गर्ने योजना रहेको बताए।

नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयहरुको प्रभावकारी कार्यन्वयन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ। सो अवसरमा उनले मलेसियामा रहेका नेपालीहरुलाई औपचारिक च्यानल ९बैंकिङ च्यानल०बाट मात्र रेमिटेन्स पठाउन आग्रह गर्दै हुन्डी लगायत अवैध माध्यमको प्रयोगलाई नियन्त्रण गर्ने बताए।

मुलुकको हितका लागि नेपाल-मलेसियाबीचको सम्बन्ध समधुर बनाउन आफू लागि पर्ने उनले बताए। क्‍वालालम्पुरस्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा भएको कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा लगायतले पौडेललाई स्वागत गरेका थिए।

प्रकाशित: Sep 26, 2022| 20:04 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।