शनिबार, भदौ १३, २०८३

घरेलु मैदानमा जितको खडेरी तोड्न आतुर नेपाल

नेपालले बंगलादेशसँग अहिलेसम्म २३ खेलेको खेलेको छ। त्यसमध्ये नेपालले ७ खेल जितेको छ भने तीन खेल बराबरी भएको थियो। बाँकी १३ खेलमा बंगलादेशले निकालेको छ।
 |  सोमबार, असोज १०, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

सोमबार, असोज १०, २०७९

काठामडौं- लामो समयपछि नेपाली पुरुष राष्ट्रिय टिमले दशरथ रंगशालामा खेल्दै छ। नेपालले करिब एक वर्षअघि यस रंगशालामा खेलेको थियो। मंगलबार साझ ५:३० बजे नेपालले बांग्लादेशविरुद्ध मैत्रीपूर्ण खेल खल्दैछ। नेपालले बंगलादेश, मंगोलिया र लाओसलाई केही महिनाअघि मैत्रीपूर्ण फुटबल खेलका लागि निमन्त्रणा गरेको थियो। तर, बंगलादेशबाहेक अरु देशले जवाफ नपठाएपछि नेपालले बांग्लादेशविरुद्ध मात्रै मेत्रीपूर्ण खेल खेल्न लागेको हो।

त्यसो त नेपालले हरेक वर्षजसो बंगलादेशसँग खेलिरहेको छ। डेढ वर्षअघि पनि नेपालले काठमाडौंमा बंगलादेशसँग खेलेको थियो। नेपालले बंगलादेशसँग अहिलेसम्म २३ खेलेको खेलेको छ। त्यसमध्ये नेपालले ७ खेल जितेको छ भने तीन खेल बराबरी भएको थियो। बाँकी १३ खेलमा बंगलादेशले निकालेको छ। तर, पछिल्लो दुई वर्षयता भने नेपालले बंगलादेशसँगको कुनै पनि खेल हारेको छैन। 

मैत्रीपूर्ण खेलका लागि नेपाली टोली तयार रहेको कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बताएका छन्। नेपाली टोलीको प्रशिक्षणमा व्यस्त रहेका हुमागाईंले टिममा सुरुवाती क्षणमा केही असहज हुने जस्तो लागे पनि त्यस्तो केही नभएको र अभ्यास पर्फेक्ट भएको र खेल जित्‍नेमा विश्वस्त रहेको उनल बताए।

उनले भने, ʽनेपालमा पछिल्लो समय खेलकुदका गतिविधिहरु भएका छैनन्। कुनै पनि घरेलु लिगहरु भएका छैनन्। जसले गर्दा खेलाडीले पर्याप्त अभ्यास गर्न पाएका थिएनन्। उनीहरुलाई बोलाएर अभ्यास गराउँदा केही समस्या होला जस्तो लागेको थियो। तर, त्यस्तो असहज परिस्थितहरु केही पनि आएनन्। हामीले पर्फेक्ट अभ्यास गरेका छौ।ʼ त्यस्तै उनले टोलीमा खेलाडीहरु फिट रहेको र आफ्नो टिमको खेल हेर्न आतुर रहेको पनि बताए।

त्यस्तै नेपालका लोकप्रिय स्टार खेलाडी विमल घर्ती मगर धेरै पछि हुन लागेको खेल खेल्न खेल्न आतुर रहेको साथै धेरै उत्सहित भएको बताए। बंगलादेश आफूहरुको कडा प्रतिस्पर्धी रहेको र उसले पछिल्लो समय राम्रो फुटबल खेलेको उनले बताए।

नेपालले बंगलादेशसँग अहिलेसम्म २३ खेलेको खेलेको छ। त्यसमध्ये नेपालले ७ खेल जितेको छ भने तीन खेल बराबरी भएको थियो। बाँकी १३ खेलमा बंगलादेशले निकालेको छ।

उनले भने, ʽधेरै लामो समयपछि हामीले अन्तर्राष्ट्रिय खेल खेल्न लागेका छौं। म एकदमै उत्साहित छु, खेल्न आतुर पनि। बंगलादेश राम्रो टिम हो, पछिल्लो समय उसले आफ्नो स्तर धेरै उकासिसकेको छ। कडा प्रतिस्पर्धी नै भएपनि हामी उसलाई पराजित गर्दै नेपालीलाई दशैको उपहार दिन चाहान्छौं। हामीले धेरै कडा मिहनत गरेका छौं, हाम्रो टिम पनि एकदमै राम्रो छ, हामी जित्‍नेमा ढुक्क छौं।ʼ

जितको खडेरी 

बंगलादेशविरुद्ध पछिल्लो भेटमा जस्तै यसपटक पनि जित निकाल्दै जितको खडेरी तोड्ने लक्ष्यमा छ, नेपाल। सन् २०२२ फेब्रुअरि १ मा दशरथ रंगशालामा अफ्रिकन राष्ट्र माउरिटियससंग भएको मैत्रीपूर्ण खेलमा १-० को जीत निकाले यता नेपाल जितविहीन छ। त्यसपछि नेपालले ६ खेल खेलिसकेको छ, जसमध्ये एक खेलमा बराबरी गर्नुबाहेक बाँकी सबै खेलमा पराजित भएको छ। नेपालले टिमोर लेस्टेसँग भएको मैत्रीपूर्ण खेलमा २-२ गोलको बराबरी खेलेको थियो। त्यसपछि नेपाल थाइल्यान्ड र ओमानसँगको मैत्रीपूर्ण खेलमा नेपाल समान २-० गोल अन्तरले पराजित भएको थियो। 


त्यस्तै एएफसी एसियन कप क्वालिफिकेसनमा जोर्डनसँग २-०, कुवेतसँग ४-१ र इन्डोनेसियासँग ७-० को फराकिलो गोल अन्तरले पराजित भएको थियो। नेपालले यसअघि मे २५ र २९ मा अफगानिस्थानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको थियो। तर अफगानस्थानको टिम आउन नमानेपछि खेल रद्द गरिएको थियो।

अन्तिम पटक नेपाल र बंगलादेशले थ्री नेसन्स कपको फाइनलमा खेलेका थिए। त्यसपछि यी दुई टोलीबीच कुनै पनि खेल भएको छैन। जसकारण यी दुई टोली करिब एक वर्षपछि एकअर्काविरुद्ध खेल्न लागेका हुन्। विंसं २०७७ चैत महिनामा दशरथ रंगशालामा नेपालले आयोजना गरेको थ्री नेसन्स कप आयोजना गरेको थियो। जसको फाइनलमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो। उक्त फाइनल खेल नेपालले २-१ गोल अन्तरमा जितेर उपाधि कब्जा गरेको थियो।

यस मैत्रीपूर्ण खेलका लागी अखिल नेपाल फुटबल संघ (एन्फा) दर्शकका लागि टिकटको मूल्य निर्धारण गरिसकेको छ। दशरथ रंगशालामा नेपाल र बंगलादेशको खेल हेर्नका लागि साधारण प्यारापिटमा बस्‍न चाहनेले ५०० सय र भीआईपीका लागि एक हजार र पाच  हजार रुपैयाँ तिर्नुपर्नेछ।

एन्फाले यस मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। त्यसको केही समयमा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका थिए। मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईंले चार गोलकिपरसहित २३ खेलाडीको नेपाली टोली घोषणा गरिसकेका छन्। पूर्वप्रशिक्षक अबदुल्ला अलमुताइरीसँग विवादका कारण टिम बाहिर रहेका ११ जना खेलाडी पनि टिममा फर्किएका छन्। नेपाली टिमको कप्तानी किरण चेम्जोङले गर्नेछन्।

नेपाली टिमः

गोलकिपर: किरण चेम्जोङ्ग ९कप्तान०, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु।

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल।

मिडफिल्डर : सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी, एरिक विष्ट।

फरवार्ड : विमल घर्ती मगर, अञ्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी। 

प्रकाशित: Sep 26, 2022| 19:09 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।