बुधबार, वैशाख १९, २०८१

प्रतिस्पर्धाबीचको नाडाल-फेडेरर दोस्ती

दुई खेलाडीको प्रतिस्पर्धा पछिल्लो डेढ दशककै सबैभन्दा ठूलो मानिन्छ। सन् २००४ को मियामी ओपनमा १७ वर्षे नाडालले दुई पटकका ग्रान्डस्लाम विजेता र नम्बर एक फेडेररलाई हराएपछि उनीहरू लगातार भेटिरहे। यी दुई खेलाडीले समान २० पटक ग्रान्डस्लामको उपाधि जितेका छन्।
 |  सोमबार, असोज १०, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

सोमबार, असोज १०, २०७९

काठमाडौं– टेनिस इतिहासकै सबैभन्दा लोकप्रिय खेलाडी रहे रोजर फेडेरर। उनले ४१ वर्ष टेक्दासम्म पनि टेनिस खेलिरहे। पछिल्लो समय राफेल नाडालले दुई उपाधि नजित्दासम्म सर्वाधिक ग्रान्डस्लामको अवार्ड साझा गरिरहेकै थिए। लाग्छ, उनको उमेरले खेल्न छाडेर आराम खोजेको छ। फेडेररले २४ वर्ष लामो खेलबाट संन्यास लिएका छन्।

triton college

शनिबार आफ्नो निकट प्रतिस्पर्धी नाडालसँग करियरको अन्तिम पटक खेल खेल्दै टेनिसबाट बिदा भएपछि अब उप्रान्त फेडेररलाई उपाधिका लागि नेट, बल र र्‍याकेटसँग संघर्ष गरिरहेको देखिने छैन। जोसँग उनले सबैभन्दा धेरै फाइनल खेले, तिनै नाडालसँग उनले बिदाइमा पनि खेले।

बिदाइमा भावुक भएका नाडालले फेडेररको संन्यासबाट महत्त्वपूर्ण अंश गुमाएको महसुस गरे। बिदाइलाई सम्बोधन गर्दै नाडालले भने, ‘रोजरको संन्यासले मलाई भावुक बनायो। हामीले धेरै वर्ष कोर्टमा सँगै बितायौं। रोजरको संन्यासले मैले जीवनको महत्त्वपूर्ण अंश गुमाएको महसुस गरिरहेको छु। रोजरको अन्तिम खेल विश्वभरका मानिसले सम्मानका साथ हेरिरहेका छन्, जसका लागि उनी योग्य पनि छन्। उनी विश्व खेल जगत्का सबैभन्दा ठूलो आइकन हुन्।’

यी दुई खेलाडीको प्रतिस्पर्धा पछिल्लो डेढ दशककै सबैभन्दा ठूलो हुन्छ भन्ने सायदै कसैले सोचेका थिएनन्। सन् २००४ को  मियामी ओपनमा १७ वर्षे नाडालले दुई पटकका ग्रान्डस्लाम विजेता र नम्बर एक फेडेररलाई हराएपछि उनीहरू लगातार भेटिरहे। जब क्ले कोर्टमा भेट हुन्थ्यो, नाडालले फेडेररलाई हराउँथे। जब ग्रास कोर्ट र इन्डोर हार्ड कोर्टमा यी दुईको भेट हुन्थ्यो, फेडेररले आफ्नो शक्ति देखाउँथे।

कहिले नाडाल, कहिले फेडेरर। यसरी यी दुई खेलाडीले समान २० पटक ग्रान्डस्लामको उपाधि जितेका छन्। पछिल्लो समय फेडेरर बिरामी पर्न थाले। उनी मैदानमा कमै मात्र देखिन थालेका थिए। सन् २०२० यता ११ वटा ग्रान्डस्लाम हुँदा फेडेररले तीन वटामा मात्रै सहभागिता जनाए। सोही समय नाडालले उनलाई उछिने। 

corrent noodles
Metro Mart

पछिल्लो शनिबार फेडेरर र नाडालले लेभर कपमा अमेरिकी टिम ज्याक सक र फ्रान्सेस टियाफो सँगै खेलेका छन्। ४–६, ७–६ (७–२) र ११–९ को सेटमा पराजित हुँदै फेडेररले थाकेका गोडा र गलेका हातलाई आराम दिए।

आफूलाई टेनिस यात्राभर सहयोग गरिरहने समर्थकलाई धन्यवाद दिए। संन्यासका क्रममा उनले स्पेनिस मिडियासँग भनेका छन्, ‘माया, सम्मानसाथ उपस्थित भएर मलाई हेरिरहनुभएका सबैलाई विशेष धन्यवाद! यसरी नै करियरको अन्त्य होस् भन्ने चाहन्थें र भयो। मेरो टेनिस यात्रा वास्तवमै पर्फेक्ट छ र फरि एकचोटि यसलाई पूरा गरेको छु। श्रीमतीले धेरै सहयोग गरिन्। उनलाई पनि धन्यवाद।’

दुई खेलाडीको प्रतिस्पर्धा पछिल्लो डेढ दशककै सबैभन्दा ठूलो मानिन्छ। सन् २००४ को  मियामी ओपनमा १७ वर्षे नाडालले दुई पटकका ग्रान्डस्लाम विजेता र नम्बर एक फेडेररलाई हराएपछि उनीहरू लगातार भेटिरहे। यी दुई खेलाडीले समान २० पटक ग्रान्डस्लामको उपाधि जितेका छन्।

दुई वर्षसम्म चोटका कारण खेल्न नसकेका फेडेररको करियरकै अन्तिम बिन्दुमा थिए। उनले कमब्याक गर्ने आशा धेरै समर्थकको थियो तर त्यो भएन। पुरानो लयमा फर्केर खेल्न धेरै मिहिनेत र प्रयास गरे उनले। तर शरीरको क्षमताले खेल्न सक्ने शक्ति प्रदान गरेन। त्यसपछि सामाजिक सन्जालमा संन्यास लिने घोषणा गरे। उनले लेखेका थिए, ‘अर्को महिना हुने लेभर कपमा म अन्तिम पटक खेल्दै छु। टेनिस समर्थकले मलाई मैले सोचेभन्दा धेरै माया र सम्मान दिएका छन्। यसका लागि धेरै आभारी छु।’

स्वीट्जरल्यान्डको बसेलमा सन् १९८१ अगस्त ८ मा जन्मिएका फेडेररले करियरमा १५०० भन्दा धेरै खेले खेले। उनी गति, प्राविधिक खेल र अप्रत्यासित सटका लागि प्रसिद्ध छन्। बाल्यकालको अधिकांश समय फ्रासिसी तथा जर्मनीको सीमातिर बिताएका कारण उनले जर्मनी, फ्रेन्च र अंग्रेजी भाषाको ज्ञान लिने मौका पाए। उनी सानैदेखि फुटबल र टेनिसमा विशेष रुचि राख्थे। ११ वर्षकै उमेरमा उनी स्वीट्जरल्यान्डको टेनिसमा जुनियरतर्फको शीर्ष तीनमध्येका खेलाडी बने।

राफेल नाडाल।
१४ वर्षको उमेरमै व्यावसायिक टेनिस खेलाडी बन्ने निर्णयमा पुगेका उनी प्रतियोगिता खेल्न थाले। उनलाई टीनएजरमा सबैभन्दा प्यारो ठाउँ बन्यो, टेनिस कोर्ट। धेरै कुराले साथ दियो र उनले १९९८ मा जुनियर विम्लडनको उपाधि जिते। अनि आइटिएफ जुनियर टेनिस च्याम्पियन अफ द इयरको अवार्ड जिते। उनी रोकिएनन् २००१ मा १९ वर्षकै उमेरमा सिनियरतर्फको विम्बलडनको उपाधि जित्दै टेनिसमा आफूलाई सवित गरे। तत्कालीन विश्व नम्बर १ पेटे सामप्रसलाई पराजित गर्दै सबैभन्दा सानो उमेरमा विम्बल्डनको उपाधि जित्ने खेलाडी बनेका थिए। 

२० पटक ग्रान्डस्लाम विजेता फेडेररले कैयौं कीर्तिमान बनाए। सबैभन्दा लामो समय(२३७ साता) विश्व शीर्ष वरीयताको एकमात्र खेलाडी कोही छ भने उनै फेडेरर हुन्। उनी ३६ वर्ष  हुँदा विश्व शीर्ष वरीयतामा थिए। त्यति मात्र होइन, उनी लगातार १० पटक ग्रान्डस्लामको फाइनल पुगे। त्योचाहिँ नाडालसँग भेट भएको अर्को वर्ष तोडिएको हो।

फेडेरर संसारका एक मात्र यस्तो खेलाडी हुन्, जसले तीन पटक वर्षका चार वटै ग्रान्डस्लामको फाइनल खेलेका छन्। उनले सन् २००६, २००७ र २००९ को सबै ग्रान्डस्लामको फाइनल खेलेका थिए। फेडेरर सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने खेलाडीको तेस्रो नम्बरमा रहेका छन्। २० पटकका ग्रान्डस्लाम विजेता फेडेररअघि नोभाक जोकोबिच २१ पटक र राफेल नाडाल सर्वाधिक २२ पटक ग्रान्डस्लाम विजेता हुन्। 

फेडेरर टेनिसमा ओपनतर्फको खेलमा सबैभन्दा धेरै टाइटल जित्ने दोस्रो नम्बरमा छन्। उनले आफ्नो करियरमा १०३ वटा टाइटल जितेका छन्। जिमी कानर्स १०९ टाइटल जित्दै सर्वाधिक विजेताको शीर्ष स्थानमा रहेका छन्।

टेनिसमा सबै भन्दा धेरै एकल खेल जित्ने खेलाडीको सूचीमा पनि फेडेरर दोस्रो स्थानमा रहेका छन्। उनले १२५१ खेल जितेका छन् भने जिमी कानर्स १२७४ खेल जित्दै शीर्ष स्थानमा रहेका छन्। उनी चोटका कारण केही वर्ष खेल्न नसक्दा यो कीर्तिमान तोड्न असफल भए। अनि विम्बलडन? त्यो पनि फेडेररले सबैभन्दा धेरै जितेका छन्।

सम्झिँदा लाग्छ, सन् २००० को मार्से ओपनको फाइनलमा पुगेका फेडेररबारे कसले सोचेको थियो, होला उनी इतिहासकै महान् खेलाडी बन्नेछन् भन्ने। तर उनलाई २००३ को फ्रेन्च ओपनको उपाधिले विश्व टेनिसमा ब्रेक थ्रू गरायो। अर्को वर्ष मियामीमा नाडालको पक्षमा रहेको ६–३  र ६–३ को खेल सायद विश्वकै ठूलो स्टारको जम्काभेट थियो।

त्यतिबेलादेखि फेडेरर र नाडालको युग सुरु भएको थियो, जुन शनिबार सकियो। बिदाइमा उनीहरू दुवैका आँखा रसाए। दुवैले एकअर्काको हात बेस्सरी समाए अनि मैदानमै आँसु झारे। प्याराफिटमा बसिरहेका समर्थक खुसी हुन कहाँ सक्थे! उनीहरू पनि भावुक भए।

-बीबीसी र सीएनएनको सहयोगमा


प्रकाशित: Sep 26, 2022| 16:25 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।