मंगलबार, साउन १९, २०८३

देउवामाथि दबाब बढाउन शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब बढाउनका लागि डा. शेखर कोइराला समूहले आन्दोलनका थप कार्यक्रम तय गरेको छ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब बढाउनका लागि डा. शेखर कोइराला समूहले आन्दोलनका थप कार्यक्रम तय गरेको छ।

ठमेलस्थित होटल यात्रीमा बसेको शेखर समूहका नेताहरुको बैठकले यही बुधबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा १ घण्टा धर्ना दिने कार्यक्रम तय गरेको छ। समान अवसर र न्यायका लागि एक घण्टे धर्ना कार्यक्रम तय गरिएको समूहका एक नेता मनोजमणि आचार्यले जानकारी दिए।

उक्त समूहले देउवामाथि दबाब बढाउनका थप विरोधका कार्यक्रम तय गरेको हो। छलफलमा संस्थापन इतर समूहबाट जितेका पदाधिकारी र पूर्वपदाधिकारीहरु उपस्थित छैनन्। 

छलफलमा सहभागी एक नेताका अनुसार सिट बाँडफाँटका क्रममा भागवण्डा मिलाउन दबाब बढाउन दोस्रो चरणको आन्दोलन कसरी अघि बढाउने भन्ने तय हुनेछ। टिकट वितरणमा ४० प्रतिशत भाग पाउनुपर्ने भन्दै संस्थापन इतर समूहले प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई दबाब बढाइरहेको छ।

पार्टीमा देखिएको मनपरी र १४ औँ महाधिवेशनमा मत नदिएका नेतालाई आशन्न निर्वाचनमा टिकट नदिने षड्यन्त्रका विरुद्ध गत शनिबार खबरदारी गर्न सभा आयोजना गरिएको थियो। खबरदारी सभामा पनि शेखर समूहका दोस्रो तहका नेताहरु मात्र उपस्थित थिए।


प्रकाशित: Sep 26, 2022| 12:26 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...