सोमबार, वैशाख २४, २०८१

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
 |  सोमबार, असोज १०, २०७९

खिला कार्की

खिला कार्की

सोमबार, असोज १०, २०७९

काठमाडौं– आउँदो ४ मंसिरमा प्रतिनिधिसभा चुनावको घोषणा भएसँगै राजनीतिक वृत्तमा सलबलाहट सुरु भएको छ। भक्तपुर जिल्ला पनि यसबाट अछुतो छैन।

triton college

भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को हल्लाउनै नसक्ने पकड स्थापित छ। विपक्षीमा रहेका सबै उम्मेदवार एकातिर उभिँदा समेत नेमकिपाकै पल्ला भारी हुने गर्छ। यहाँ अहिलेसम्म पार्टीगत प्रतिस्पर्धा नै छैन भन्दा पनि हुन्छ। २ नम्बर क्षेत्रमा भने पहिलो पटक २०७४ मा एमालेले झण्डा गाडेको थियो।

क्षेत्र नम्बर २ मा एमालेका महेश बस्नेतले कांग्रेसका ‘टुरिष्ट’ र पाका उम्मेदवार दमननाथ ढुंगानालाई ठूलो मतान्तरले पराजित गरेका थिए। यस पटक पनि एमालेले महेश बस्नेतको विकल्प नसोच्ने पक्का जस्तै छ। किनभने भक्तपुरमा एमालेसँग महेशको विकल्पमा उभिनसक्ने उम्मेदवार नै छैनन्।

कांग्रेसले पनि फेरि दमननाथ जस्तो ‘टुरिष्ट‘ र राजनीतिक रुपमा ‘थोत्रा’ उम्मेदवार दिएर गल्ती गर्ने छैन। त्यसैले कांग्रेसबाट जिल्ला सभापति दुर्लभ थापाले तयारी सुरु गरिसकेका छन्। एकथरीको विश्लेषण छ, भक्तपुरमा महेश बस्नेतसँग भिड्न सक्ने कांग्रेसका उम्मेदवार दुर्लभ थापा नै हुन्। तर कांग्रेसमा आकांक्षीहरु भने धेरै छन्।

पूर्व जिल्ला सभापतिहरु गणेशमान चक्रधर र महेश श्रेष्ठ पनि २ नम्बर क्षेत्रका दावेदार हुन्। गणेशमान २०७४ को प्रदेशसभा चुनावमा क्षेत्र नम्बर २ मा तत्कालीन एमालेका उम्मेदवार राजेन्द्रमान श्रेष्ठसँग २६ सय ९१ मतान्तरमा पराजित भएका थिए।

corrent noodles
Metro Mart

दुर्लभ, महेश र गणेशमान मात्रै कांग्रेसका आकांक्षी उम्मेदवार होइनन्। कांग्रेस केन्द्रीय सदस्य तथा इमान्दार नेताको छवि बनाएका मदनकृष्ण श्रेष्ठ समेत सांसदका आकांक्षी हुन्। त्यसैगरी अर्का आकांक्षी कविर राणाले समेत भित्री तयारी सुरु गरेको उनी निकट स्रोतको दावी छ।

भक्तपुर–१ नेमकिपाको पेवा
२०७४ को प्रतिनिधिसभा चुनावमा ३७ हजार ७६ मत ल्याएर नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले जित हात पारेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ मतमा चित्त बुझाउनु परेको थियो। बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका मिलन सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गरेका थिए। २०७४ को चुनावमा अन्य पार्टीका उम्मेदवारले प्राप्त गरेको सम्पूर्ण मत एकातिर खस्दा पनि नेमकिपाकै उम्मेदवारले प्राप्त गरेको मत बढी हुन्छ। 

२०७४ को चुनावमा प्रदेशतर्फ पनि नेमकिपा एउटै क्षेत्रमा सीमित छ। प्रदेशको क्षेत्र नम्बर क मा नेमकिपाका सुरेन्द्रराज गोसाईंले २३ हजार ८ सय ८५ मत ल्याएर जितेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका रोमन सिलवालले ८ हजार ६३ मा चित्त बुझाउनु परेको थियो। प्रदेश क्षेत्र ख मा कांग्रेसका उम्मेदवारसँग एमालेका उम्मेदवारले २८ सय १७ मतान्तरले जित निकालेका थिए।

क्षेत्र नम्बर २ मा भाले भिडन्त
२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए। महेशले १७ हजार ४ सय २७ मतान्तरमा जित निकालेका थिए।

तर यस पटक महेशलाई पहिलेको जति सजिलो नहुने निश्चित छ। पहिलो कारण उनले आफूजस्तै बलियो उम्मेदवार (कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा वा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ)को सामना गर्नु पर्नेछ भने दोस्रो कारण एमाले फुटको असर यस क्षेत्रमा पनि परेको छ। प्रदेश क्षेत्र नम्बर २ बाट विजयी एमाले उम्मेदवार राजेन्द्रमान श्रेष्ठ एकीकृत समाजवादीमा हामफालेका छन्। राजेन्द्रमान पुराना तथा इमान्दार कम्युनिष्ट नेता मानिन्छन्। उनले १४ हजार २ सय २९ मत ल्याएका थिए।

माओवादी केन्द्रका केही नेताले समेत खासगरी भक्तपुर क्षेत्र नम्बर २ मा आँखा लगाएको देखिन्छ। कतिपयले विभिन्न मिडियामार्फत् इच्छा जाहेर गर्न थालेका पनि छन्। कांग्रेस महामन्त्री गगन थापाले भने जस्तो ‘३ हजारमा तीस हजार खन्याउने व्यवहार कांग्रेसले मान्दैन।’ भक्तपुर २ मा गगनको त्यही भनाइ चरितार्थ हुन्छ, माओवादीले टिकट पाएको खण्डमा। त्यसैले पनि त्यो सम्भावना न्यून छ। किनभने यस क्षेत्रमा माओवादी द्रुत गतिको ओरालोमा रहेको विगतमा उसले प्राप्त मतले बताउँछ।

नेमकिपा समेत भक्तपुर २ मा निर्णायक शक्ति मानिँदैन। उसले हम्मेसी तालमेलमा समेत विश्वास गरेको देखिन्न। भक्तपुर क्षेत्र नम्बर २ बाट भाले भिडन्तमा उत्रिने प्रवल सम्भावना भएका एमालेका महेश बस्नेत र कांग्रेसका दुर्लभ थापाको जित्ने आधार चाहिँ के हुन् त?

प्रकाशित: Sep 26, 2022| 08:05 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...