बुधबार, मंसिर ३, २०८२

नेसन्स लिगमा पोर्चुगल र सर्बियाको सानदार जित

चेक गणतन्त्रकै मैदानमा भएको खेलमा पाहुना टिम पोर्चुगलले ४-० ले हराएको हो।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काटमाठौं- युईएफए नेसन्स लिगअन्तर्गत शनिबार रातिको खेलमा पोर्चुगलले चेक गणतन्त्रविरुद्ध सानदार जित निकालेको छ। चेक गणतन्त्रकै मैदानमा भएको खेलमा पाहुना टिम पोर्चुगलले ४-० ले हराएको हो।

National life

पोर्चुगललाई जित दिलाउनका लागि डियगो डलोटले दुई गोल गरे भने ब्रुनो फर्नान्डेस र डियोगो जोटाले पनि समान १-१ गोल गरेका थिए।

खेलको ३३औं मिनेटमा सुरुआति अग्रता दिलाएका डियगोले ५२औं मिनेटमा दोस्रो गोल गरेका थिए। त्यस्तै, पहिलो हाफको इन्ज्युरी समयमा ब्रुनोले गोल गरे भने ८२औं मिनेटमा जोटाले गोल गरेपछि पोर्चुगलले सानदारत जित हाँसिल गरेको हो।

यता सर्वियाले घरेलु मैदानमा पाहुना टिम स्विडेनलाई हराएको छ। भिक्टर क्लासनले १५औं मिनेटमै बनाएको अग्रता तोड्दै सर्वियाले चार गोल फर्काएपछि उसले सानदार जित दर्ता गरेको हो।

एक गोलले पछि परेको तेस्रो मिनेटमै अलेक्जेन्डर मित्रोविचले गोल फर्काएका थिए। उनले पहिलो हाफको इन्ज्युरी समयमा ४८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। त्यस्तै, सासा लुकिचले ७०औं मिनेटमा गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

यो जितसँगै सर्वियाले समूह एचमा शीर्षस्थानको नर्वेसँग अंक बराबरी(१०) गरेको छ। गएरातिको खेलमा स्पेन पराजित भएको छ। स्पेनमै भएको खेलमा स्विटजरल्यान्डले घरेलु टिमलाई २–१ ले हराएको हो। त्यस्तै, गएरातिकै अर्को खेलमा चाहिँ स्लोभेनियासँग नर्वे २–१ ले पराजित भएको छ। स्लेभेनियाँको घरेलु मैदानमा पाहुना टोली नर्वेले हार बेहोरेको हो।

प्रकाशित: Sep 25, 2022| 10:13 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।