शुक्रबार, जेठ १, २०८३

साझा कर्मचारी संगठन बनाउन उर्जामन्त्रीको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीलाई साझा संगठन बनाउन आग्रह गरेका छन्।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीलाई साझा संगठन बनाउन आग्रह गरेका छन्। 

National life

नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११औँ एकता अधिवेशन कार्यक्रममा उहाँले फरकफरक सङ¬्गठनभन्दा एउटै सङ्गठन बनाएर कर्मचारीको हकहितमा लाग्न सुझाव दिए। 'आधिकारिक ढंगले सबै मिलेर एउटा युनियन बनाउनुहोस्”, उनले भने। 

आफू लामो समयदेखि राजनीतिमा संलग्न रहेको दृष्टान्त पेश गर्दै मन्त्री भुसालले कर्मचारीले कार्यालय समयमा राजनीति गर्न नहुने बताए। 'कार्यालय अवधिमा कसैले पनि राजनीति नगर्नुहोस्,' उनले भने, 'प्राधिकरणको उन्नति र प्रगतिको मात्र कुरा गर्नुहोस्।'

उनले प्राधिकरणको विकास तथा जनतालाई राहत र सुविधा दिने विषयमा ध्यान दिन कर्मचारीसँग आग्रह गरे। 'प्राधिकरणमा क्रियाशील पाँच वटा कर्मचारी युनियनलाई एक बनाउनुहोस्, सकेसम्म साझा हितमा लाग्नुहोस्,' उनले भने।

प्रकाशित: Sep 23, 2022| 22:24 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।