बुधबार, वैशाख १९, २०८१

पहिलो स्वर्णको खोजीमा नेपाली महिला बास्केटबल टिम

दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगितामा यस पटक नेपाल श्रीलंकाविरुद्ध अघिल्लो संस्करणमा बेहोरेको हारको बदला लिने लक्ष्यमा छ।
 |  आइतबार, असोज ९, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

आइतबार, असोज ९, २०७९

काठमाडौं– मालदिभ्समा अर्को साताबाट दोस्रो संस्करणको दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता(साबा)वुमन्स बास्केटबल प्रतियोगिता हुँदै छ। यसका लागि नेपाली महिला टोली शुक्रबार मालदिभ्स गएको छ। आयोजक मालदिभ्सले प्रतियोगिता सुरु हुन केही दिन बाँकी रहँदा खेल–तालिका सार्वजनिक गरिसकेको छ।

triton college

ताालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल २५ सेप्टेम्बरमा आयोजक मालदिभ्सविरुद्ध खेल्दै छ। पहिलो संस्करणमा कास्य पदक जितेको मालदिभ्स तुलनात्मक रूपमा नेपालभन्दा कमजोर टिम मानिन्छ। नेपालले यसअघि पनि मालदिभ्सलाई पराजित गरिसकेको छ।

नेपालले दोस्रो खेल २७ सेप्टेम्बरमा बलियो टिम श्रीलंकाविरुद्ध खेल्नेछ। पहिलो संस्करणमा स्वर्ण पदकका लागि श्रीलंका र नेपालले स्पर्धा गरेका थिए। तर श्रीलंकासँग पराजित हुँदै नेपाल रजतमा समेटिएको थियो। यस पटक नेपाल श्रीलंकाविरुद्ध अघिल्लो संस्करणमा बेहोरेको हारको बदला लिने लक्ष्यमा छ। 

आर्थिक संकटमा परेको कारण श्रीलंकाले अन्य समयजस्तो राम्रो तयारी गर्न पाएको छैन। त्यसैले पनि श्रीलंकालाई पराजित गर्ने मौका नेपालसँग छ।

समूह चरणको अन्तिम खेलमा नेपालले सेप्टेम्बर २८ मा भुटानविरुद्ध खेल्नेछ। मालदिभ्सजस्तै भुटान पनि नेपालभन्दा कमजोर टिम हो। पहिलो संस्करणमा चौथो स्थानमा रहेको भुटानले कास्यका लागि गरेको स्पर्धामा मालदिभ्ससँग पराजित भएको थियो। नेपालले यसअघि नै भुटानलाई पराजित गरिसकेको छ। दक्षिण एसियामा महिला बास्केटबलमा भुटानले अहिलेसम्म खासै प्रभाव जमाउन सकेको छैन।

corrent noodles
Metro Mart
दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगितामा यस पटक नेपाल श्रीलंकाविरुद्ध अघिल्लो संस्करणमा बेहोरेको हारको बदला लिने लक्ष्यमा छ।

साबाको पहिलो संस्करण नेपालमा हुँदा बंगलादेश, भुटान, श्रीलंका, नेपाल र मालदिभ्स गरी पाँच टोलिले सहभागिता जनाएका थिए। उक्त प्रतियोगितामा श्रीलंकाले स्वर्ण पदक जित्दा नेपाल रजत पदकमा सीमित भएको थियो भने मालदिभ्सले कास्य पदक जितेको थियो। त्यस्तै, भुटान चौथो हुँदा बंगलादेश पाँचांै स्थानमा रहेको थियो।

सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणको साबा च्याम्पियनसिपको ६ वर्षपछि मालदिभ्समा दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो। पहिलो संस्करणमा नेपालले रजत पदक जितेको थियो। फाइनलमा श्रीलंकासँग पराजित भएर नेपालले स्वर्ण पदक जित्ने अवसर गुमाएको थियो। तर अब हुन लागेको दोस्रो संस्करणको साबामा टिमको तयारी राम्रो भएको र स्वर्ण पदक जित्ने लक्ष्य रहेको नेपाली बास्केटबल टिमकी कप्तान सदीना श्रेष्ठले बताइन्। उनले भनिन्, ‘साबाका लागि हामीले राम्रो तयारी गरेका छौं। चार महिना भइसक्यो  यसका लागि तयारी गरेको। धेरै मिहिनेत गरेका छौं। यसअघिको प्रतियोगितामा रजत पदक  जितिसकेका छांै। त्यसैले रजत पदकबाट घट्ने कुरा भएन। जसरी पनि स्वर्ण जित्ने लक्ष्यमा छौं।’

त्यस्तै, उनले टिममा केही नयाँ खेलाडी रहेका अनुभव कम भए पनि टिममा राम्रो समन्वय भएर खेलिरहेको बताइन्। उनले भनिन्, ‘टिममा नयाँ खेलाडी पनि छन्। उनीहरू पुराना खेलाडीसँग साझेदारी गरेर ट्रेनिङ गरिरहेका छन्। नयाँ कुरा धेरै सिकिरहेका छन्। हामी नयाँ खेलाडीसँग यसपटक साबामा स्वर्ण जितेर इतिहास कोर्नेछौं।’

उनले साबा प्रतियोगितालाई लिएर उत्साहित भएको र नेपालका लागि इतिहास रच्ने सुनौलो मौका रहेको सुनाइन्।

पछिल्लो समय एसियन गेम्स, साफ तथा साबामा प्रभाव जमाउन सफल नेपाली महिला टोलीले हालसम्म स्वर्ण पदक भने जितेको छैन। साबा, र सागमा रजत जित्नु नै नेपाली बास्केटबल टोलीको अहिलेसम्मको ठूलो उपलब्धि मानिन्छ। केही वर्षअघि सन् २०१९ मा नेपालमा भएको एसियन गेम्समा नेपाल फाइनल पुगेको थियो। पहिलो संस्करणको एसियन गेम्समा स्वर्ण पदक जित्न नेपाली महिला बास्केटबल टिम चुकेको थियो। स्वर्णका लागि भएको स्पर्धामा नेपाल भारतसँग १२७–४६ प्वाइन्टले पराजित हुँदै रजत पदकमा चित्त बुझाउन बाध्य भएको थियो।

नेपाली टिम
खेलाडी:  सदिना श्रेष्ठ (कप्तान), एलिना गुरुङ,  एलिशा मल्ल,  अमिशा घले,  अनुषा मल्ल,  बिनामणि योञ्जन,  गरिशा सिलवाल,  मीना गुरुङ,  मुना महर्जन,  प्रतीक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का। 

प्रशिक्षक: विकास शाही 

व्यवस्थापक: निरञ्जन सत्याल

प्रकाशित: Sep 25, 2022| 06:15 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।