शुक्रबार, असार २०, २०८२

जसपा त्यागेर नेता श्रीपाइली एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गरेका छन्।
 |  शुक्रबार, असोज ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

vianetvianet

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गरेका छन्।

पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई शुक्रबार एमाले केन्द्रीय कार्यालय, च्यासलमा खादा लगाई स्वागत गरेका थिए। पार्टी प्रवेशको संयोजन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज गुलाबजङ्ग शाहले गरेका थिए।

अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरू गरेका श्रीपाइलीले करिव तीन दशक राजनीतिमा व्यतित गरिसकेका छन्। उनी सल्यानका स्थायी बासिन्दा हुन्।

श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको एमालेविरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथासक्य योगदान गर्न आफू निःस्वार्थ एमालेमा प्रवेश गरेको बताए।

प्रकाशित: Sep 23, 2022| 14:17 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...