मंगलबार, साउन १९, २०८३

राप्रपा वरिष्ठ उपाध्यक्ष बन्ने भए रवीन्द्र मिश्र

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा मिश्रलाई पार्टीमा वरिष्ठ उपाध्यक्ष पद दिन अध्यक्ष राजेन्द्र लिङ्देन तयार भएका हुन्।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं– विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएर पार्टीविहीन भएका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष बन्ने तय भएको छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा मिश्रलाई पार्टीमा वरिष्ठ उपाध्यक्ष पद दिन अध्यक्ष राजेन्द्र लिङ्देन तयार भएका हुन्।

राप्रपामा मिश्रलाई भित्र्याउन शीर्ष नेता तयार भए पनि कुन पद दिने भन्ने विषयमा अन्योल रहँदै आएको थियो। मिश्रलाई राप्रपामा ल्याउन लामो छलफल भएको र वरिष्ठ उपाध्यक्ष पद दिने सहमति भएको अध्यक्ष लिङ्देन निकट पदाधिकारीले बताए।

‘मिश्रले वरिष्ठ उपाध्यक्ष पद लिन चाहेको भन्ने कुरा आयो। त्यसैले मागेअनुसारकै पद दिने शीर्ष नेताहरूबीच सहमति भएको छ,’ उनले भने।अब मिश्र राप्रपामा प्रवेश गर्ने मिति तय गरिने ती नेताको भनाइ छ।

मिश्रले सुरुमा राप्रपा नेताहरूसँग सह–अध्यक्ष पद मागेको चर्चा भएको थियो। राप्रपामा अहिलेको विधानअनुसार वरिष्ठ उपाध्यक्ष पद छैन। मिश्रलाई यो पद दिन राप्रपाले विधान संशोधन गर्नुपथ्र्यो। राप्रपामा ८ जनासम्म उपाध्यक्ष रहने व्यवस्था भए पनि हाल ६ जना उपाध्यक्ष छन्। 

राप्रपाभित्र गत मंसिरको महाधिवेशनपछि पदाधिकारीको वरीयताका कुरा मिलिसकेको छैन। अध्यक्ष लिङ्देनपछि को भन्ने विवाद अझै टुंगिएको छैन। ६ उपाध्यक्षमध्ये बुद्धिमान तामाङ र विक्रम पाण्डेबीच वरीयतामा विवाद भएपछि त्यसलाई सल्ट्याउन समिति नै गठन गरिएको छ।

वरीयता विवाद समाधान नगरी राप्रपाले वरिष्ठ उपाध्यक्ष पद दिने गरी मिश्रलाई पार्टीमा ल्याउन लागेको हो। राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले समान विचार भएकासँग एकता र सहकार्य गर्ने निर्णय गर्दै मिश्रलगायतलाई पार्टी प्रवेशको ढोका खुला गरेको छ। राप्रपाले ४ मंसिरमाा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गर्नेबारे छलफल चलाइरहेको छ।

प्रकाशित: Sep 23, 2022| 11:17 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...