शनिबार, जेठ ५, २०८१

यू-२० : साफपछि एसिया कप छनोटमा पनि नेपाल असफल

हारको कारणबारे कुरा गर्दै प्रशिक्षक केसीले बराइनको फरकपना, तापक्रममा एडजस्ट हुन नसक्नुले नै हारसम्म पुर्याउन ठूलो भूमिका खेलेको बताए।
 |  बिहीबार, असोज ६, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बिहीबार, असोज ६, २०७९

काठमाडौं- यू-२० साफ च्याम्पियनसिपको असफलतापछि एसिया कप छनोटमा राम्रो प्रदर्शनको लक्ष्यका साथ बहराइन गएको नेपाली टोली मंगलबार राति जीतविहीन भएर स्वदेश फर्कियो। छनोट खेलको समूह 'बी'मा रहेको नेपालले भुटान, कतार, बहराइन र बंगलादेशसँग हारेको थियो। 

triton college

यही यू-२० टिमले एसिया कप छनोट खेल्नुअघि उमेर समूहको साफ च्याम्पियनसिप पनि खेलेको थियो।  जहाँ नेपालले आक्रमक सुरुवात गरेको थियो। तर अन्तिमसम्मै त्यसलाई निरन्तरता दिन भने सकेन। साफमा पहिलो खेलमा नेपालले माल्दिभ्सालाई ४-० ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकामाथि ३-० को जित निकाल्यो। शानदार लयमा रहेको नेपाली टिमले आफ्नो तेस्रो खेल बलियो टोली भारत प्रतिद्वन्द्वी पाएको थियो।

फाइनल पुग्नका लागि जित्नैपर्ने खेलमा नेपाल अप्रत्यासित नतिजासँगै उपाधि होडबाट बाहिरियो। त्यो रात नेपाली फुटबलको उमेर समूहमा पहिरो गएको थियो। नेपाल ८-० को लज्जास्पद हार खायो। नेपाललाई हराउँदै भारत साफको फाइनलमा प्रवेश गर्‍यो। त्यसपछि नेपालले अन्तिम खेलमा फाइनल पुगेको टिम बंगलादेशसँग खेलेको थियो। अन्तिम खेलमा दुवै टोलीले समान एक-एक गोल गर्दै बराबरी गरेका थिए। 

भारतसँग बाहेकका अन्य खेलमा नेपालले राम्रो प्रदर्शन गरेको थियो। खुला स्पर्धाबाट छनोट भएका खेलाडीले तयारीका लागी पर्याप्त समय दिएका थिएनन्। भारतबाहकको खेलमा नेपालले राम्रो प्रदर्शन गरेको पनि हो। त्यही लयलाई निरनतरता दिँदै एएफसी एसिया कपमा छनोट हुने लक्ष्यका साथ टिममा केही परिवर्तन भए। अनि त्यो टोली बहराइन प्रस्थान गरेको थियो। बहराइन जाने बिदाईको क्रममा बोल्दै नेपाली प्रशिक्षक मेघराज केसीले छनोट हुनेमा आशावादी रहेको बताएका थिए।

ʻकोभिडको कारणले फुटबल गतिविधिमा प्रभावित गर्यो। त्यसैले एएफसी कप छनोटका लागि यो पर्याप्त हैन। तर, हामीसँग विकल्प थिएन। तीन महिनाबाट तयारी गरिरहेका छौँ। यसबीचमा हामीले साफ यू-२० च्याम्पियनसिप खेल्यौं। त्यसैले हाम्रो तयारी राम्रो भएको छ। आशा गरौँ हामी छनोट हुन्छौँ,' उनले भनेका थिए। 

corrent noodles
Metro Mart

नेपालको मौसमको तुलनामा बहराइनको तापक्रम धेरै छ। जस कारणले नेपालले सोचेअनुसारको प्रदर्शन गर्न नसक्ने आशंका पनि गरिएको थियो। भयो पनि त्यस्तै। उमेरसमूह तथा सिनियर टिम सबै स्तरमा भुटानभन्दा नेपाललाई बलियो मानिन्छ। 

बहराइनमा नेपालले आफ्नो पहिलो खेल भुटानविरुद्ध सेप्टेम्बर १०, दोस्रो खेल सेप्टेम्बर १२ मा कतारविरुद्ध, तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनविरुद्ध र चौथो तथा अन्तिम खेल सेप्टेम्बर १८ मा बंगलादेशविरुद्ध खेलेको थियो। 

प्रकाशित: Sep 22, 2022| 21:09 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।