मंगलबार, असोज १, २०८१

झापा क्षेत्र-३ मा लिङ्देन–सिटौलामध्ये कसले मार्ला बाजी?

राप्रपा अध्यक्ष लिङ्देनको बढ्दो प्रभाव र कांग्रेसभित्रै सिटौलाको घट्दो शक्तिले झापा–३ को चुनावी परिणाम प्रभावित हुने आकलन।
 |  बुधबार, असोज ५, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

बुधबार, असोज ५, २०७९

इटहरी– झापा क्षेत्र नम्बर ३ अन्यभन्दा फरक मुद्दामा केन्द्रित छ। हिन्दु धर्मका कट्टर पक्षधर र धर्म निरपेक्षताका हिमायतीबीचको प्रतिस्पर्धाले झापा–३ को माहौल रोचक बनाएको छ।

triton college

लामो समयदेखि प्रतिस्पर्धी रहँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाबीच यस पटक पनि चुनावी भिडन्त हुने निश्चित छ।  

माओवादी सशस्त्र युद्धपछि शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका सिटौला धर्म निरपेक्षताका हिमायती हुन्। माओवादीसँग शान्ति सम्झौता भएपछि जारी भएको अन्तरिम संविधान मस्यौदाकारमध्येका एक हुन्, सिटौला। सात दलका तर्फबाट उनी संविधान तयार पार्ने काममा सहभागी भए। सिटौलाकै अगुवाइमा बिनाछलफल धर्म निरपेक्षता लागू भयो। उनै सिटौला अहिले हिन्दु राज्य स्थापनाका लागि आन्दोलन गरिरहेका राप्रपा अध्यक्ष लिङ्देनसँग चुनावी प्रतिस्पर्धामा छन्। 

यसले पनि हिन्दु धर्मका कट्टर पक्षधर र धर्म निरपेक्षतावादीबीचको चुनाव रोचक देखिन्छ। अन्तरिम संविधान जारी भएसँगै २०६४ को पहिलो संविधानसभा चुनावमा सिटौला माओवादी नेता पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए। त्यसबेला लिङ्देनले उम्मेदवारी दिएनन्।

माओवादीसँग शान्ति सम्झौता भएपछि जारी भएको अन्तरिम संविधानका मस्यौदाकार र धर्म निरपेक्षता समर्थक सिटौला हिन्दु राज्य स्थापनाका लागि आन्दोलन गरिरहेका राप्रपा अध्यक्ष लिङ्देनसँग चुनावी प्रतिस्पर्धामा छन्। 
२०७० को दोस्रो संविधानसभामा निर्वाचनमा सिटौला विजयी हुँदा लिङ्देन उपविजेता मात्र बने। त्यसबेला संघीयता र धर्म निरपेक्षताविरुद्धमा माहोल बनिसकेको थिएन। 

२०७४ सम्म आइपुग्दा हिन्दु धर्मको पक्षमा माहोल बढ्दै गएको थियो। सिटौलासँग बदला लिन लिङ्देनले नेकपा एमालेसँग गठबन्धन गरे।

Metro Mart
vianet

त्यसको परिणाम सिटौलाले ३१ हजार १५९ मत ल्याउँदा लिङ्देन ४४ हजार ६१४ मतसहित विजयी भए। 

यसपटक लिङ्देनले राष्ट्रिय स्तरमै माहोल बनाइरहेका छन्। राप्रपा अध्यक्ष भएसँगै उनको लोकप्रियता झनै बढेको छ। धर्म निरपेक्षता र संघीयताको विरोधको पक्षमा माहोल बनाइरहेका छन्, उनी। बढ्दो महँगी र भ्रष्टाचारलाई उनले राष्ट्रिय अभियान बनाएका छन्।

उता, सिटौला राष्ट्रिय राजनीतिको छायामा परेका छन्। पूर्वगृहमन्त्री भइसकेका सिटौला कांग्रेसभित्र र बाहिर पनि कमजोर भूमिकामा छन्। लिङ्देनको बढ्दो प्रभाव र सिटौलाको घट्दो शक्तिले झापा–३ को चुनावी परिणाम प्रभावित हुने देखिन्छ। 

झापा–३ मा कांग्रेसभित्रको असन्तुष्ट समूह कमजोर भए पनि चुनावी परिणाममा निर्णायक हुन सक्छ। त्यससँगै एमालेसँग लिङ्देनको एकताले सिटौलालाई झनै समस्यामा पार्ने निश्चित छ। स्थानीय निर्वाचनको मत परिणामको आधारमा झापा–३ मा कांग्रेस नै पहिलो शक्ति देखिन्छ।

तर, कांग्रेससँग गठबन्धन गरेका दलहरू माओवादी  केन्द्र, जसपा र नेकपा एसको प्रभाव अत्यन्तै कमजोर छ। तेस्रो शक्ति रहेको राप्रपा र दोस्रो शक्तिको रूपमा स्थापित एमालेको गठबन्धनले कांग्रेससहितको गठबन्धनलाई चेपुवामा पार्नेछ। 

झापा क्षेत्र नम्बर ३ मा गत स्थानीय तह चुनावमा २१ हजार ७ सय ३५ मत ल्याएर कांग्रेस पहिलो शक्ति हुँदा १७ हजार ६ मतसहित एमाले दोस्रो भएको छ। एमालेकै हाराहारी १६ हजार ९ सय २७ मत पाएको राप्रपा तेस्रो शक्तिको रूपमा उदाएको छ।  

स्थानीय तह चुनावमा एमाले र राप्रपाले ल्याएको मत जोड्दा ३३ हजार ९ सय ३३  हुन्छ। सत्ता गठबन्धनका दलको मत भने २७ हजार ५६ मात्र हुन्छ। यसले पनि सिटौला ५ हजार हाराहारी मतले कमजोर छन्। लोकप्रिय मतमा सिटौलाभन्दा लिङ्देन प्रभावशाली भएकाले सत्तारुढ गठबन्धनलाई झापा–३ सकसपूर्ण देखिन्छ। 

झापा क्षेत्र नम्बर ३ मा बाह्रदशी, हल्दीबारी र कचनकवल गाउँपालिका पर्छन्। भद्रपुर नगरपालिकाका वडा नम्बर १ देखि ८ नम्बर वडा र बिर्तामोडको १० नम्बर वडा यहीँ क्षेत्रमा पर्छ। बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा कांग्रेस विजयी भएको छ।

हल्दीबारी र कचनकवलमा राप्रपा विजयी भएको छ। ३ नम्बर क्षेत्रमा एउटा मात्र वडा पर्ने बिर्तामोड नगरपालिकाका एमाले विजयी भएको छ। 

एकल हिसाबमा कांग्रेस बलियो देखिए पनि दलीय गठबन्धन र समीकरणले सिटौला संकटमा छन्। तेस्रो शक्ति भएर पनि एमालेसँगको तालमेलका कारण राजेन्द्र लिङ्देनले पुनः संसद् प्रवेशको अवसर पाउने सम्भावना देखिन्छ।

प्रकाशित: Sep 21, 2022| 12:23 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।