सोमबार, असोज ८, २०८०

कञ्‍चनपुरमा अवैध फार्मेसी बन्द गर्न नगरपालिकाको अल्टिमेटम

कञ्‍चनपुरको दोधारा चाँदनी नगरपालिकाले अवैधरूपमा सञ्चालनमा रहेका फार्मेसीलाई बन्द गर्न एक साताको अल्टिमेटम दिएको छ। नगरपालिकाले बजार अनुगमनको क्रममा अधिकांश फार्मेसी दर्ता बिना नै सञ्चालनमा रहेको पाइएपछि एक साताको समय दिएको हो।
 |  मंगलबार, असोज ४, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

कञ्‍चनपुर- कञ्‍चनपुरको दोधारा चाँदनी नगरपालिकाले अवैधरूपमा सञ्चालनमा रहेका फार्मेसीलाई बन्द गर्न एक साताको अल्टिमेटम दिएको छ। नगरपालिकाले बजार अनुगमनको क्रममा अधिकांश फार्मेसी दर्ता बिना नै सञ्चालनमा रहेको पाइएपछि एक साताको समय दिएको हो। 

sagarmatha cement

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले अनुगमनका क्रममा अवैध फार्मेसी सञ्चालनमा रहेको पाइएको बताए। 'हामीले एक साताभित्र नगरपालिकामा आएर दर्ता गर्न भनेका छौँ,' उनले भने,'स्वास्थ्यजस्तो संवेदनशील विषयमा अनधिकृतरूपमा औषधि बेचेको पाइयो।'

नगर प्रमुख किशोरकुमार लिम्बूसहित नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले अनुगमन गर्दा बजारमा शैक्षिक योग्यताको प्रमाणपत्र र दर्ता बिनाका फार्मेसीले अनधिकृतरूपमा औषधि बिक्री गरिरहेको भेटिएको हो। दोधारा चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले नगरभित्र भारतीय नागरिकले अवैधरूपमा फार्मेसी सञ्चालन गरेको पाइएको बताए। 

'नेपाल सरकारले बन्देज गरेका औषधिसमेत बिक्री गरेको भेटियो,' उनले भने, 'ती अवैध फार्मेसी सबै भारतीय नागरिकका हुन्, एक साताभित्र प्रक्रिया पूरा गरेर दर्ता गर्न नभए बन्द गर्न भनेका छौँ।' उनले एक साताभित्र दर्ता प्रक्रियामा नआए बन्द गरिने बताए। 

'न दर्ता प्रमाणपत्र छ न शैक्षिक प्रमाणपत्र छ,' उनले भने, 'आवश्यकताभन्दा बढी पावरका र सरकारले बन्देज गरेका औषधिसमेत बिक्री गरेको पाइयो।' उनले नगरपालिकाले एक सातापछि अनुगमन गरेर कारबाही प्रक्रियामा जाने बताए। उनका अनुसार नगरपालिकामा २१ वटा फार्मेसी अवैध भेटिएका छन्।

भारतीय मूलका बङ्गालीले सञ्चालन गरेका ती फार्मेसीमा बिरामीलाई औषधि दिने, सुई लगाउने, अवैधरूपमा गर्भपतनसम्म गराउने गरेको पाइएको हो। अनुगमनका क्रममा म्याद नाघेका औषधिसमेत भेटिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए। 

दोधारा चाँदनी नगरपालिका भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँग खुला सीमा भएका कारण यहाँ भारतीय नागरिकको बढी आवतजावत हुने गरेको छ। नगर प्रमुख लिम्बूले फार्मेसीले अवैधरूपमा लागुऔषध बिक्री गर्न थालेपछि यहाँका युवापुस्ता बिग्रिन थालेको बताए। उनले कानून र सरकारले तोकेको मापदण्डअनुसार सञ्चालन नगरे पसल बन्द गराउने बताए। 

प्रकाशित: Sep 20, 2022| 23:25 मंगलबार, असोज ४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।