सोमबार, वैशाख २४, २०८१

चुनाव हार्ने डरले यी 'हेभिवेट'ले रोजे समानुपातिक

समानुपातिकतर्फ उम्मेदवार बनेका केही नेताहरुले आगामी प्रतिनिधिसभामा प्रवेशका लागि सहज बाटो छानेका हुन्। यसरी सहज बाटो छान्नेहरुमा नेपाली कांग्रेसका अधिकांश नेताहरु छन्। नेपाली कांग्रेसका सहमहामन्त्री मन्सुर, पूर्वउपसभापतिद्वय निधि र श्रेष्ठ, प्रवक्ता महत र केन्द्रीय सदस्य एंव प्रधानमन्त्री पत्‍नी आरजु छन्।
 |  बुधबार, असोज ५, २०७९

खिला कार्की

खिला कार्की

बुधबार, असोज ५, २०७९

काठमाडौं- दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्। प्रमुख दलले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा दुई सय २० सहित तीन सय ३० जना उम्मेदवारको समानुपातिक बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाएका हुन्। औपचारिक रूपमा सार्वजनिक नगरिएको सूचीमा पटक-पटक प्रत्यक्ष निर्वाचन जितेका र पार्टीभित्र प्रभावशाली मानिने नेताहरु परेका छन्। प्रमुख विपक्ष दल नेकपा एमालेका प्रभावशाली नेताहरु कमै मात्र समानुपातिक तर्फ उमेदवार बनेका छन् भने एमालेको तुलनामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राप्रपाका धेरै प्रभावशाली नेताहरु समानुपातिकतर्फ उमेदवार बनेका छन्। 

triton college

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसबाट सबैभन्दा धेरै प्रभावशाली नेताहरु समानुपातिकतर्फ उमेदवार बनेका छन्। सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, पूर्व उपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, प्रवक्ता डा. प्रकाशरण महत, प्रधानमन्त्री पत्‍नी आरजु राणा समानुपातिकको सूचीमा बसेका छन्।

त्यस्तै माओवादी केन्द्रबाट पूर्वसभामुख कृष्णबहादुर महरा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट संघको समानुपातिक सूचीमा समावेश भएका छन्। त्यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र उपमहासचिव डा. गंगालाल तुलाधर समानुपातिकको सूचीमा बसेका छन्। एमालेका स्थायी समिति सदस्य रघुजी पन्त तथा राप्रपाका प्रभावशाली नेता पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी समानुपातिक सूचीमा परेका छन्। 

यसरी समानुपातिक सूचीमा परेका नेतामध्ये केहीको निर्वाचन क्षेत्र नै सुरक्षित छैन भने केही निर्वाचन क्षेत्र सुरक्षित भए  पनि संसद्‌मा प्रवेश पाउनका लागि सहज बाटो खोजेका हुन्। 

सांसद बन्‍ने सहज बाटो  समानुपातिक

corrent noodles
Metro Mart

समानुपातिकतर्फ उम्मेदवार बनेका केही नेताहरुले आगामी प्रतिनिधिसभामा प्रवेशका लागि सहज बाटो छानेका हुन्। यसरी सहज बाटो छान्नेहरुमा नेपाली कांग्रेसका अधिकांश नेताहरु छन्। नेपाली कांग्रेसका सहमहामन्त्री मन्सुर, पूर्वउपसभापतिद्वय निधि र श्रेष्ठ, प्रवक्ता महत र केन्द्रीय सदस्य एंव प्रधानमन्त्री पत्‍नी आरजु छन्। 

सहमहामन्त्री फरमुल्ला मन्सुर २०७४ सालको चुनावमा बारा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए। सो क्षेत्रमा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार रामबाबु कुमार यादव निर्वाचित हुँदा मन्सुर निकटतम प्रतिस्पर्धी पनि हुन सकेनन्। उनी ३ सय भन्दा बढी मत कम भएर तेस्रो स्थानमा सिमित भएका थिए।

प्रकाशित: Sep 21, 2022| 10:00 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...