बिहीबार, असोज ३०, २०८२

अभिनेता सरोजले भुवनको बचाउ गर्दा सन्तोष सेनको कटाक्ष

‘प्रेमगीत’को पहिलो संस्करणका अभिनेतासमेत रहेका खनालले सुटिङ स्मरण गर्दै निर्माता सन्तोष सेनले खड्काका विषयमा प्रश्न उठाएपछि आफूले सहजीकरण गरेको समेत दाबी गरेका छन्। नेपाली सिनेमामा केसीको महत्वपूर्ण योगदान रहेको भन्दै प्रशंसा पनि गरेका थिए।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेकोप्रति कलाकारहरूले आपत्ति जनाएका छन्। अभिनेता सरोज खनालले केसीको राजीनामा माग्ने प्रदीपको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। ‘एक सुपर स्टारले छिट्टै आक्रोशमा आएर बोर्ड अध्यक्ष भुवनको राजीनामा मागिहाल्नु हुन्थेन,' एक अन्तर्वार्तामा उनले भनेका छन्। 

Kumaribank

‘प्रेमगीत’को पहिलो संस्करणका अभिनेतासमेत रहेका खनालले सुटिङ स्मरण गर्दै निर्माता सन्तोष सेनले खड्काका विषयमा प्रश्न उठाएपछि आफूले सहजीकरण गरेको समेत दाबी गरेका छन्। नेपाली सिनेमामा केसीको महत्वपूर्ण योगदान रहेको भन्दै प्रशंसा पनि गरेका थिए। 

रात्री शो बन्द गराउने बोर्डको निर्णयप्रति आपत्ति जनाउँदै केसीको राजीनामा मागेका खड्काको आक्रोश प्रेमगीत-३ को प्रदर्शन मिति नजिकिएसँगै बढेको हो। हिन्दी भर्सनमा नेपाल भित्रिन लागेको चलचित्र प्रेमगीत-३ अन्य भाषाको फिल्मसरह नेपालमा चल्न पाउनुपर्छ भन्ने माग राख्दै आएका थिए। 

यता निर्माता/निर्देशक सन्तोषसेन भने प्रदीपको बचाउ गर्दै अभिनेता खनालमाथि खनिएका छन्। ‘एउटा रजतपटमा तपाईं मेरो रोजाइमा परेन भनेर जे मन लाग्यो त्यही अभिव्यक्ति दिंदै हिंड्नुपर्छ र? प्रेमगीतको बेला तपाईंसँग मेरो दोहोरो कुरा कहिल्यै भएन। दोस्रो प्रदीपले सक्दैन कि सक्दैन भन्ने कुरा तपाईंकै निर्देशकको भनाइ हो,' उनी अगाडि लेख्छन्, ‘अलि सुन्दा लाज हुने अभिव्यक्ति दिंदै नहिंड्नु होला। स्वयं प्रदीपलाई समेत यो कुरा सुन्दा लाज भयो होला। तपाईंको चलचित्र क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने थिति बसालिदिनुभयो। आज त्यसको नतिजा अहिले राम्रो कामको लागि पनि कलाकारले भिसा पाउँदैनन्।’

चलचित्र प्रेमगीत–३ असोज ७ गते नेपाली र हिन्दी भर्सन एकसाथ विश्वभर प्रदर्शन हुँदैछ।

Metro Mart

प्रकाशित: Sep 20, 2022| 18:29 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।