शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • बौद्धस्थित सेतो गुम्बामा भिक्षुहरूले सम्झिए महारानी एलिजाबेथलाई [तस्बिरहरु]

बौद्धस्थित सेतो गुम्बामा भिक्षुहरूले सम्झिए महारानी एलिजाबेथलाई [तस्बिरहरु]

सोमबार काठमाडौंको बौद्धस्थित सेतो गुम्बामा भिक्षुहरूले महारानीको तस्बिरमा माल्यार्पण गरी समवेदना प्रकट गरेका छन्।
 |  मंगलबार, असोज ४, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, असोज ४, २०७९

काठमाडौं- गत २३ भदौमा निधन भएकी बेलायती महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ सोमबार अन्तिम संस्कार गरिएको छ।

National life

बेलायतको विन्ड्सर कासलस्थित सेन्ट जोर्जेज च्यापलमा पुर्‍याइएको महारानीको शव बाकसलाई अन्तिम बिदाइ गर्न शवयात्रामा हजारौं बेलायतीको सहभागिता थियो। महारानीको अन्तिम संस्कारमा अमेरिकी राष्ट्रपति जो बाइडनसहित विश्वका विभिन्न मुलुकका राष्ट्रप्रमुख बेलायत पुगेका थिए। 

सोमबार नै विश्वभर अन्तिम श्रद्धाञ्जलीस्वरूप महारानीलाई तस्बिरमा माल्यार्पण गरी उनलाई सम्झिएको छ।

नेपालमा पनि महारानीको निधनप्रति सरकार, राजनीतिक दलका नेता, पूर्वराजा ज्ञानेन्द्र, विभिन्न संघ–संस्थाले विज्ञप्तिमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

सोमबार काठमाडौंको बौद्धस्थित सेतो गुम्बामा भिक्षुहरूले महारानीको तस्बिरमा माल्यार्पण गरी समवेदना प्रकट गरेका छन्। भिक्षुहरूले सेतो गुम्बामा महारानीको तस्बिर राखेर बौद्ध संस्कार तथा परम्पराअनुसार श्रद्धाञ्जलीसभा आयोजना गरे। 

Shivam cement


 


प्रकाशित: Sep 20, 2022| 12:10 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।