काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले आइतबार एनआरटी युथ एकेडेमीको उद्घाटन गरेका छन्। एन्फा, एनआरटी र कीर्तीपुरको ल्याब्रोटोरी स्कुलको तीन पक्षीय सम्झौतामा यो एकेडेमी सञ्चालनमा ल्याइएको हो।
केही समयअगाडी नै सञ्चालनमा ल्याउने भनिएको यो एकेडेमी कोभिड तथा विविध कारणले केही समय पछाडि सरेको बताइएको थियो। एनआरटी ल्याब एकेडेमी सहिद स्मारक ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी)को फुटबल एकेडेमी हो। युथ ल्याबसँगको सम्झौता अनुसार पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरी १४ खेलाडी हुनेछन्। १४ खेलाडीले क्लबसँग अभ्यास गर्ने छ भने विद्यालयले अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ।
कार्यक्रम उद्घाटन गर्ने क्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले फुटबल क्षेत्रको विकासको लागि काम गर्ने सबैलाई एन्फाको समर्थन रहेको बताए। उनले भने, 'एनआरटी क्लब नेपालको सबैभन्दा पुरानो क्लब हो, यसले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु जन्माइसेकेको छ। ल्याब्रोटोरि स्कुलले पनि स्थापनादेखि नै फुटबलमा ठूलो योगदान पुर्याउँदै आएको छ। यी दुवैका लागी म एन्फाको तर्फबाट धेरै आभारी छु।'
यो एकेडेमी सञ्चालनमा ल्याएसँगै एनआरटी र स्कुलले फुटबलको योगदानमा एउटा इँटा थपेका छन्। त्यस्तै उनले आगामी दिनमा एनआरटी र ल्याब स्कुलसँगको सम्बन्धलाई लामो समयसम्म अझ बलियो र अझै प्रगाढ निरन्तर रुपमा सँगै रहेर नेपाली फुटबल क्षेत्रमा योगदान गर्न एन्फा सधै तयार रहेको बताएका छन्।
नेपाली फुटबलका पूर्व कप्तान राजुकाजी शाक्यले यसरी एकेडेमी सञ्चालनमा ल्याइनु राम्रो कुरा भएको र अब नेपालमा पनि अन्तराष्ट्रियस्तरका खेलाडीहरु उत्पादन हुने बताए। उनी भन्छन्, 'यसरी एकेडेमीहरु खोलेर धेरै राम्रो भएको छ। अब नेपालमा पनि अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन हुन सक्छन्। बाहिर देशको तुलनामा हामी केही ढिला भए पनि हामीले धेरै राम्रो कामको सुरुवात गरेका छौं।'

एकेडेमीले लुकेर रहेका प्रतिभालाई अगाडी ल्याउने र लियोनल मेस्सी, स्टेभेन जेराडजस्ता उत्कृष्ट खेलाडिहरुपनि एकेडेमीबाटै आएको स्मरण गर्दै यस एकेडेमीबाट पनि धेरै आशा गरेको बताए।
एनआरटी ल्याबका अध्यक्ष डा।बालगोपाल वैधले विगतमा अध्यक्ष हुदा एन्फासंगको सम्बन्ध राम्रो रहेको र अहिले अध्यक्ष भएको बेलामा फेरि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। विद्यार्थीले अब राम्रो अवसर पाएको र यसलाई सदुपयोग गरेर यहीबाट राष्ट्रिय खेलाडीहरु उत्पादन हुनेमा विश्वस्त रहेको बताए। उनले भने, 'विद्यार्थीहरुले मौका पाएका छन्। उनीहरुले यसको उचित रुपमा सदुपयोग गर्नेछन् भन्ने कुरामा म विश्वस्त रहेको छु। विद्याथीका लागी यो एउटा राम्रो मौका हो, उनीहरुले युलाई सदुपयोग गरेर अगाडी बढ्नेछन्। हाम्रो यस एकेकडीमीबाट नेपालमै ए, बी र सि डिभिजनमा खेल्ने खेलाडीहरु चाडै नै उत्पादन हुनेछन्।'
ल्याब्रोटोरिका प्राध्यापक लाक्पा शेर्पाले यो एकेडेमीले विद्यार्थीलाई खेलमा ठुलो सहयोग गर्ने र यहीबाटै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी जन्मिने बताए। उनले भने ʽʽ यो एकेडेमीले हाम्रा प्रतिभाशाली विद्यार्थिहरुलाई धेरै ठुलो सहयोग पुगेको छ। फुटबल खेल्न चाहाने तर पर्याप्त अवसर र स्थान नपाउनेका लागी यो एकेडेमी एउटा अवसर हो। बलाई आशा छ यही एकेडेमीबाट एकदिन राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु जन्मिने छन्।ʼʼ एकेडेमीका विद्यार्थीहरुले अनुशासनमा खेलेर खेल संगै आफ्नो व्यक्तित्व समेत विकास गर्ने शेर्पाको बुझाइ रहेको छ। त्यस्तै उनले एकेडेमी सञ्चालनका लागी एनआरटी र एन्फालाई धन्वाद पनि दिए।
न्युरोड टिम ९एनआरटी० का अध्यक्ष सुन्दर नरसिंह जोशीले यो एकेडेमी यसअगाडीनै सञ्चालनमा ल्याउने तयारि गरेपनि विविध कारणले गर्न नसकेको बताए। उनले भने ʽʽ हामीले यो एकेडेमी यसअघिनै सञ्चालनमा ल्याउने भनेका थियौ तर कोभिड, जस्ता विभिन्न कारणले गर्न सकेका थिएनौ। आज खुशीको दिन हो किनकी हामीले यो एकेडेमीको उद्घाटन गरेका छौ।ʼʼ
त्यस्तै जोशीले ग्रासरुट देखीनै बलियो बनाएर विद्यार्थीलाई प्रोत्सहान गर्ने पनि बताए। उनले भने, 'हामीले यस स्कुलका भाइबैनीहरुलाई प्रोत्साहन गर्नका लागि ग्रासरुटदेखि नै एकेडेमीमा राखेर सक्षम बनाउनेछौं। ग्रासरुटबाट राम्रो भएमा मात्रै भविष्यमा राम्रा खेलाडीहरु उत्पादन हुनेछन्, त्यसपछि हामीले राम्रा खेलाडीका साथ अन्तराष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्दै धेरै उपाधिहरु जित्नेछौं।'
ग्रासरुटदेखि नै फुटबलको स्तर मजबुत मनाउने एन्फाको योजना अनुरुप यसअघि नै संकटा, सातदोबाटो र तीनवटै विभागीय टिम (त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ) ले आफ्नो एकेडेमी सञ्चालनमा ल्याइसकेका छन्।