मंगलबार, साउन १२, २०८३

खोँचमा खसेका शिक्षकको सकुशल उद्धार

मिति २०७९ असोज ०१ गते स्थानीय छ्यादी खोलामा नुहाउने क्रममा चिप्लिएर करिब २०० मिटर तल खोँचमा शिवाकोटी खसेका थिए। उनलाई २ गते बिहान उद्धार गरिएको हो।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

दोलखा- खोँचमा खसेका शिक्षकको उद्धार भएको छ। दोलखा जिल्ला, कालिन्चोक गाउँपालिका-३ स्थायी घर भई हाल सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाउँपालिका-१ स्थित सर्कथली आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३७ वर्षीय केशव शिवाकोटीलाई सेनाको टोलीले उद्धार गरेको हो। 

मिति २०७९ असोज १ गते स्थानीय छ्यादी खोलामा नुहाउने क्रममा चिप्लिएर करिब २०० मिटर तल खोँचमा शिवाकोटी खसेका थिए। उनलाई २ गते बिहान उद्धार गरिएको हो। 

शिक्षक शिवाकोटीको उद्धारका लागि नेपाली सेनाको टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको थियो। उनलाई उपचारका लागि काठमाडौं ल्याइएको हो। उनको अवस्था सामान्य रहेको सेनाले जानकारी दिएको छ। 

प्रकाशित: Sep 18, 2022| 18:22 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।