काठमाडौं- पेप्सीकोको नयाँ उत्पादन ‘मोर फिज पेप्सी' बजारमा आएको छ। परिमार्जित गरेर ल्याएको उक्त पेप्सीमा बढी फिज आउने र स्पूर्तिदायी स्वाद प्रदान गर्ने कम्पनीको दाबी छ।
पेप्सीका सद्भावनादूत एवं नायक प्रदीप खड्काको उपस्थितिमा नयाँ उत्पादन मोर फिज पेप्सीको अनावरण गरिएको कम्पनीले जानकारी दिएको छ।
कार्यक्रममा पेप्सीको नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले पेप्सी सधैं सबैको रोजाइमा पर्दै आएको दाबी गरे। एसोसिएट डाइरेक्टर अनुज गोयलले पेप्सी सधैँ स्वाग पुस्ताको रोजाइमा पर्दै आएको र अब ब्रान्डले उपभोक्ताका लागि नवीन फिजयुक्त स्वाद प्रदान गर्ने बताए। 'हामीलाई विश्वास छ हाम्रा उपभोक्ताहरूले पहिलेभन्दा ज्यादा मज्जा लिनु हुनेछ,' उनले भने।
ब्रान्ड एम्बेसेडर प्रदीप खड्काले नयाँ पेप्सीलाई नयाँ पेप्सी टेस्ट गर्न र उनीहरूको स्वाग प्रदर्शन गर्न आग्रह गरेका थिए।