बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ समूहको निष्कर्ष छ : मन्त्री श्रेष्ठ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ समूहको निष्कर्ष छ : मन्त्री श्रेष्ठ

विज्ञ समूहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य विकल्प नरहेको निस्कर्ष निकालेको छ। उक्त निष्कर्ष निकालिएको प्रतिवेदन समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बुझाएको हो।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौंं- विज्ञ समूहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य विकल्प नरहेको निस्कर्ष निकालेको छ। उक्त निष्कर्ष निकालिएको प्रतिवेदन समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बुझाएको हो। 

National life

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका थिए। सर्वोच्च अदालतको फैसलाअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषदको गत साउन २६ गतेको निर्णयानुसार विज्ञ समूह गठन भएको थियो। उक्त विज्ञ समूहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा अध्ययन प्रतिवेदन तयार पारेर विमानस्थलको विकल्प अरु कुनै नरहेको निस्कर्षसहित प्रधानमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए। 

विज्ञ समूहले विमानस्थल निर्माण गर्ने क्षेत्रमा बाघ, हात्ती जस्ता वन्यजन्तुहरु नरहेको अध्ययनले पुष्टि गरेको दाबी गरे। मन्त्री श्रेष्ठले रुखहरुलाई संरक्षण गरी थप व्यवस्थापन गर्ने,वातावरण संरक्षण ,पर्यावरण सबै पक्षहरुको अध्ययनमा विज्ञ समूहले न्युनतम रुख कटान गर्दै वातावरण संरक्षणमा जोड दिएको बताए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले अध्ययन प्रतिवेदन बुझ्दै प्रतिवेदनको आधारमा विमानस्थल निर्माण प्रक्रियाहरु अगाडि बढाउन निर्देशन दिएका थिए। विज्ञ समूहको अध्ययन प्रतिवेदनको आधारमा विमानस्थल निर्माणको प्रक्रिया शुरु गर्ने पनि मन्त्री श्रेष्ठको भनाइ छ। 

'निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहको गठन सर्वोच्च अदालतले फैसला गरेर जे निर्देशन भएका थिए, त्यही निर्देशन अनुसार सरकारले मन्त्रीपरिषदबाट कार्यदल बनाउने काम गर्‍यौं । विज्ञहरु राखेर कार्यदल बनाएर अध्ययन गर्ने भनिएको थियो,' उनले भने, 'विज्ञहरुमा समाजशास्त्री, वातावरणविद्, वन्यजन्तु सम्बन्धी विज्ञहरु, हवाई सम्बन्धीविज्ञलगायत सबै क्षेत्रमा विज्ञहरुलाई राखेर कार्यदल बनायौं। कार्यदलले निजगढ विमानस्थलको विकल्प नभएको निस्कर्षसहित प्रतिवेदन पेस गरेको छ।'

Shivam cement

मन्त्री श्रेष्ठले विज्ञ समूहको अध्ययनले नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्नसक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको निस्कर्ष निकालेको पनि बताए। प्रतिवेदनअनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थान काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) र पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको करिव ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिव ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको छ। रुख कटानी तथा वातावरणीय क्षती न्युनीकरण गर्न सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखि एयरपोर्ट सिटीको अवधारणालाई पूरै त्याग्नुपर्ने सुझाव विज्ञ समूहले दिएको छ।

प्रकाशित: Sep 18, 2022| 15:25 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्