मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ईपीएलको ट्रफी सार्वजनिक, प्रतियोगिताको मुख्य प्रायोजन बजाजले गर्ने

ईपीएलको ट्रफी सार्वजनिक, प्रतियोगिताको मुख्य प्रायोजन बजाजले गर्ने

हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर्गतको बजाजले आउँदो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल) प्रायोजन गर्ने भएको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर्गतको बजाजले आउँदो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल) प्रायोजन गर्ने भएको छ।

National life

आज काठमाडौंमा आयोजित ट्रफी सार्वजनिक कार्यक्रम गर्दै ईपीएल प्रालि र बजाजबीच प्रायोजनको सम्झौतासमेत सम्पन्न भएको हो।

गोल्छा ग्रुपले बजारमा ल्याएको बजाज पल्सरले ईपीएलसँगको सम्झौतामा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छले यो बाइक युवाको जोस बनेको बताएका छन्।

उनले ईपीएलले देशमा नयाँ खेलाडी जन्माउनेमा प्रतिबद्ध रहेको बताएका छन। उनले खेलले सकारात्मकता ल्याउने र कोभिडसँगै जीवन अगाडि बढाउनुपरेको परिस्थितिलाई मध्यनजर गर्दै महामारीको समयमा आयोजित प्रतियोगितालाई साथ दिएको बताएका छन्।

त्यस्तै ईपीएलका अध्यक्ष आमिर अख्तरले यो टी२० लिगले स्थापना कालदेखि नै नेपाली र विदेशी खेलाडीबाट प्रेम र ध्यान बटुल्न सफल भएको बताएका छन्।

Laxmi sunrise bank
kumari

उनले बजाज पल्सरसँग सहकार्य आगामी दिनमा पनि रहने बताएका छन्। उनले भने, ‘आगामी ३ वर्ष बजाजसँग सहकार्य हुनेछ। नन टेस्ट प्लेइङ कन्ट्रीमा यत्रो खेल गर्न एक्लैले सम्भव छैन। म क्यान र आईसीसीलाई धन्यवाद दिन चाहन्छु।’

एभरेस्ट प्रिमियर लिगका लागि भने सहभागी विभिन्न क्लबले स्वदेशी तथा विदेशी खेलाडी अनुबन्ध गरिरहेको छ। त्यस्तै, अक्सनबाट छानिएका खेलाडी भने यथावत् छन्।

हिजो मात्र पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी डिनिश अजिजलाई फ्रेन्चाइज क्लब चितवन टाइगर्सले अनुबन्ध गरेको छ। त्यसअघि काठमाडौं किंग्स ११ ले साहिद अफ्रिदीलाई आफ्नो टिममा भित्र्याइसकेको छ। त्यस्तै, शोएब मलिक र कार्लोस ब्रेथवेट पनि ईपीएल खेल्न नेपाल आउनेछन्।

चौथो संस्करणको आईसीसी मान्यता प्राप्त ईपीएल २०७६ को चैतबाट सुरु हुने भए पनि कोभिडको महामारीका कारण अनिश्चितकालका लागि रोकिएको लिग आउँदो असोज ११ बाट कीर्तिपुरस्थित त्रिविको मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको पुरस्कार स्पोन्सरको सहभागिताको आधारमा हुने आयोजकले बताएको छ।

इभरेस्ट प्रिमियर लिगमा छ फ्रेन्चाइज क्लबका सहभागिता रहन्छ। त्यसमा ललितपुर प्याट्रिओट्स, काठमाडौं किंग्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स, विराटनगर वासियस र पोखरा राइनोज छन्।

यता ट्रफीको सन्दर्भमा अख्तरले आईसीसीले बनाएको ट्रफीको डिजाइनमा बनाएको बताएका छन। त्यस्तै महामारीको कारण बन्द मैदानमा गर्ने वा नगर्नेबारे पछि निर्णय गर्ने बताएका छन्। उनले स्वास्थ मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार गर्ने बताएका छन्।


प्रकाशित: Aug 09, 2021| 15:46 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।