बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ ब्रोकरका लागि ३० दिनभित्र आवेदन दिन धितोपत्र बोर्डको आह्वान

नयाँ ब्रोकरका लागि ३० दिनभित्र आवेदन दिन धितोपत्र बोर्डको आह्वान

आइतबार बोर्डले सूचना जारी गर्दै ३० दिनभित्र अनुमतिपत्रका लागि बोर्डमा आवेदन दिन आह्वान गरेको हो।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन मागेको छ। आइतबार बोर्डले सूचना जारी गर्दै ३० दिनभित्र अनुमतिपत्रका लागि बोर्डमा आवेदन दिन आह्वान गरेको हो।

National life

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानुनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले अनुमतिपत्रका लागि आवेदन दिन पाउने सूचनामा उल्लेख छ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानूनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले तीस दिन भित्रमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। 

निवेदन पेस गर्दा निवेदकको नाम, ठेगाना स्पष्ट खुल्ने गरी नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा उल्लेखित कागजात तथा विवरणहरू पेस गर्नुपर्नेछ।

प्रकाशित: Sep 18, 2022| 09:12 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्