शुक्रबार, जेठ १, २०८३

दसैं टीकाको उत्तम साइत १९ असोज बिहान ११:५१ बजे

उक्त दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जानकारी दिएको हो।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं– नेपाल पञ्चांग निर्णायक समितिले यस वर्ष विजयादशमीको उत्तम साइत १९ असोज बिहान ११ः५१ बजे रहेको बताएको छ। उक्त दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जानकारी दिएको हो।

National life

पूर्वी मोहडा गरेर टीका लगाउनु समितिले सुझाएको छ। विजयादशमीमा दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए।

राज्य सञ्चालकले समितिले तोकेकै साइतमा मान्यजनबाट टीका र प्रसाद थाप्नुपर्ने उनको भनाइ छ। देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिन मात्र टीका लगाउने चलन छ।

यस वर्ष १० असोजदेखि नवरात्रारम्भ हुँदै छ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको समितिले जनाएको छ। ११ असोजमा झन्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए। झन्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, १४ असोजमा पचलीभैरव यात्रा हुने भएको छ। १६ असोजमा फूलपाती पर्व परेको छ। यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ। तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ।

समितिका अनुसार १७ असोजमा महाअष्टमी पर्व परेको छ। सोही दिन राती कालरात्रि पर्व मनाइन्छ। १८ असोजमा महानवमी र १९ असोजमा विजयादशमी पर्व परेका छन्।

विजयादशमी दसैंको मुख्य दिन हो। २३ असोजमा कोजाग्रत पूर्णिमा पर्व परेको छ। यस दिन बेलुकी घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैं पर्व समापन हुन्छ।

प्रकाशित: Sep 17, 2022| 12:05 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।