बिहीबार, असोज ८, २०८३

सञ्चालनमा आए दसैं–तिहार लक्षित सुपथ मूल्य पसल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले दसैं लक्षित सुपथ मूल्य पसल सुरु गरेका हुन्।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं– सरकारले शनिबारदेखि दसैं–तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले दसैं लक्षित सुपथ मूल्य पसल सुरु गरेका हुन्।

खाद्य व्यापार कम्पनीले देशका ४१ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो। कम्पनीका निर्देशक श्रीमणि खनालले काठमाडौं उपत्यकामा ४ स्थानमा पसल सञ्चालन गरिएको बताए।

सुपथ मूल्य पसलमा चामल, दाल, तेल, चिउरा, गेडागुडी, खाना पकाउने एलपीजी ग्यास र इन्डक्सन चुह्लोलगायतका वस्तु बिक्रीमा राखिएको छ। उपत्यका बाहिरका पसलमा भने खाद्यान्न बिक्री गरिनेछ।

यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकाका ५ स्थानसहित देशभर ९३ स्थानमा सुपथ मूल्य पसल सुरु गरेको छ । कम्पनीका निर्देशक व्रजेशकुमार झाले शनिबारदेखि छठ पर्वसम्मलाई सुपथ मूल्य पसल सुरु गरिएको बताए।

कर्पोरेसनले चिउरा, चामल, दाल, गेडागुडी, तेल, नुनलगायतका वस्तु दसैं, तिहार र छठमा बिक्री गर्नेछ। कर्पोरेसन र व्यापार कम्पनीले यी वस्तुमा प्रतिकिलो ७ देखि १० रुपैयाँसम्म छुट दिनेछन्।

प्रकाशित: Sep 17, 2022| 11:22 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्