बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • अछामका सीडीओ मरासेनी भन्छन्- पहिरोमा १२ जनाको शव भेटियो, ११ जना बेपत्ता छन्

अछामका सीडीओ मरासेनी भन्छन्- पहिरोमा १२ जनाको शव भेटियो, ११ जना बेपत्ता छन्

 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४


National life

अछाम- तीन दिनदेखिको वर्षाका कारण अछाममा गएको पहिरोमा परी १२ जनाको शव भेटिएको छ। शुक्रबार राति पहिरोमा परी बेपत्ता भएका ११ जनाको खोजी जारी रहेको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिए। 

'पहिरोबाट १२ जनाको शवको उद्धार गरिएको छ। थप ११ जनाको खोजी जारी छ,' प्रजिअ मरासेनीले नेपाल समयसँग भने, 'जनधनको क्षतिको विवरण संकलन भइरहेको छ। यसबारे विस्तृतमा हामी केही समयमा नै जानकारी गराउँछौँ।'

उनका अनुसार कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको छ।  यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २/२ जनाको शव फेला परेको उनले जानकारी दिए। अन्य ३ शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको उनले बताए। बेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए। 

पहिरो खसेका स्थानमा उद्धार र खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ। पहिरोकै कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। 

Shivam cement

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।