मंगलबार, साउन १९, २०८३

बाबुरामको निवासमा प्रचण्डको डिनर, विगतको त्रुटीको समीक्षा

भेटमा दुई जनाले आफ्ना त्रुटिको समीक्षा गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। उनले आफूले रामबहादुर थापा बादलको आग्रहमा नेकपासँग एकता गरेको पनि स्वीकार गरेका छन्।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- करिब एक दशकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीचको निकटता बढ्दो छ। 

माओवादी केन्द्रले मुलुकलाई रुपान्तरण गर्न सक्दैन भनेर वैकल्पिक राजनीति सुरु गरेका डा. भट्टराई करिब एक दशकपछि माओवादी केन्द्रकै चुनाव चिह्न स्वीकार्ने अवस्थामा पुगेका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार डा. भट्टराईको निवासमा डिनरका लागि पुगेका हुन्। शुक्रबार साँझ प्रचण्ड टोखास्थित निवासमा डिनरका निम्ति पुगेको प्रचण्डको सचिवालयले जनाएको छ।

भेटमा दुई जनाले आफ्ना त्रुटिको समीक्षा गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। उनले आफूले रामबहादुर थापा बादलको आग्रहमा नेकपासँग एकता गरेको पनि स्वीकार गरेका छन्।


 'बादलजीले केही नयाँ गरौं भन्‍नुभयो। एमालेसँग मिलेर नयाँ प्रयोग गर्न खोजेको, केही नयाँ भएन। हामी आफ्नो बाटो लाग्दा नयाँ नहुँदो रहेछ,' भेटमा प्रचण्डका भनाइ उद्धृत गर्दै मल्लले भने।

आगामी निर्वाचनपछि बाबुराम र माधव नेपालसहितले माओवादी केन्द्रसँग एकता गर्ने आन्तरिक सहमति भएको पनि नेताहरुले बताउने गरेका छन्। उनीहरुले समाजवादी केन्द्र स्थापना गर्न तयारी पनि गरिरहेका छन्। 

प्रकाशित: Sep 16, 2022| 23:46 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...